छत्रदेव गाउँपालिका कोरोना मुक्त

छत्रदेव  गाउँपालिका कोरोना मुक्त


अर्घाखाँचीडट्कम संवाददाता 

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिका कोरोना मुक्त भएको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । 


साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार छत्रदेव  गाउँपालिकामा शुरुदेखि आजसम्म संक्रमितको संख्या ३०१ जना रहेको छ । 

यस्तै यस पालिकामा शुरुदेखि आजसम्म २९७ जनाले कोरोना जितेका छन् । भने ४ जनाको निधन भएको छ । 

मंगलवारको कोरोना विवरण यस्तो छ:

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १९  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११  जना, भूमिकास्थान नगरपालिकामा १   जना,  शितगंगा नगरपालिकामा ० जना,  मालारानी गाउँपालिकामा ४,   पाणिनी गाउँपालिकामा ३   र छत्रदेव गाउँपालिकामा ०  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४६४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९६३  जना, भूमिकास्थान नगरपालिकामा ७५५ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५५८ जना,  पाणिनी गाउँपालिकामा ४४३ जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ३ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४३५६ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १९२३  जना, भूमिकास्थान नगरपालिकामा ७३९  जना,  शितगंगा नगरपालिकामा ४३०  जना,   मालारानी गाउँपालिकामा ५३८ जना,    पाणिनी गाउँपालिकामा ४२९  जना   र छत्रदेव गाउँपालिकामा २९७  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८९ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २९  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

अन्य समाचारहरु