नेपाली समाज चिलीले हरितालिका तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गर्ने

नेपाली समाज चिलीले हरितालिका तीज मिलन तथा दरखाने कार्यक्रम आयोजना गर्ने


अमर पुन

शान्तियागो/एकिके चिली विहिवार १० भदौ २०७८ (अर्घाखाँचीडट्कम) । नेपाली समाज चिलीले हरितालिका तीज भव्य रुपमा मनाउने भएको छ ।


 दक्षिण अमेरिकीमुलुक चिलीमा रहने नेपाली हरुको छाता संस्था नेपाली समाज चीली ले स्थापना कालदेखी नै औपचारिक कार्यक्रम विच नेपालीसंस्कृति अनुसार नै हिन्दुहरुका महान चाडवाड मनाउदै आएको छ । दक्षिण अमेरिकी मुलुक चीलीमा हाल धेरै नेपाली नागरिक विभिन्नउद्देश्य लिएर पुगेका छन ।

 चिलीमा रहने नेपाली महिलाहरुको पनि संख्या उल्लेखनीय नै भएको कारण पनि हरितालिका तीज पर्वउत्साह पुर्वक मनाउन सहजता हुने नेपाली समाज चीली को महिला उपाध्यक्ष शान्ता सापकोटाले वताउनु भएको छ । 

चिलीको उत्तरी शहर एकिकेमा आयोजित तीज मिलन तथा दरखाने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपाली समाज चिलीकाअध्यक्ष शिवहरि वस्नेतले वताउनु भएको छ ।

 देश विदेशमा जहां भएता पनि नेपाली संस्कृति र परम्परागत मौलिक चाडवाड मनाउने कामसकारात्मक नै रहेको जनाउदै तीज शुभकामना आदान-प्रदान तथा दरखाने कार्यक्रम आयोजना गरिएको कलाकार समेत रहनु भएकानेपाली समाज चीली का महासचिव श्रीराम पौडेलले वताउनु भएको छ । 


नेपाली नारीको महानचाड हरितालिका तीज कार्यक्रमलाई व्यवस्थित तवरले गर्ने उद्देश्यले नेपाली समाज चीली लागी परेको नेपालीसमाज चिलीका कोषाध्यक्ष रामजी लामिछाने ले वताउनु भएको छ ।

नेपाली समाज चीली को आयोजनामा आउदो ५ सेप्टेम्वर २०२१आईतवार का दिन एकिकेको मानुएल प्लाज़ा खेल मैदानमा कार्यक्रम आयोजना गरिएको नेपाली समाज चीलीले निमन्त्रणा पत्र मार्फ़त जानकारीगराएको छ । - तस्वीर डिआरजी सुमन/अर्घाखाची डटकम् ।

अन्य समाचारहरु