सिमलपानीमा कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न, पार्टी प्रवेश गर्नेको विवरण दिन ईन्कार

सिमलपानीमा कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न, पार्टी प्रवेश गर्नेको विवरण दिन ईन्कार


अर्घाखाँचीडट्कम संवाददाता 

सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  


सिमलपानीमा आज बिहिवार नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा नगर प्रमुख सुर्य अधिकारी, जिल्ला सहसचिव कमल पौडेल , नेता इन्द्रमणी पौडेल ,प्रदेश  क्षेत्रीय सहसचिब नारायण बन्जाडे , पुर्व सचिब छबिलाल पौडेल , नेता यादव घिमिरे ,बिस्णु पौडेल नेता मधव पौडेल,  नगर सभापति मोहन पन्थी , नेता मोती बेल्बासे , वार्ड अध्यक्ष दामोदर न्यौपाने , कपिल आले , हिम्मत पोख्रेल , बाबुराम गैरे ,जिवा पौडेल  ने बि संघ शितगङगा नगर सभापति  वसन्त पौडेल थमन रास्कोटी, हिमाल रेश्मी , प्रेम नारायण न्यौपाने वार्ड उपसभापति राजकुमार दर्लामी , बिधादेव न्यौपाने लगायतको उपस्तिथि रहेको थियो ।  

कार्यक्रम सचिब चुरा बहादुर कार्कीको संचालन वसन्त पौडेलको स्वागत तथा सभापति धन बहादुर पुनको सभापतित्वमा सम्पन्न भएको थियो ।

उता पार्टी प्रवेश गरेको दावी गरी प्रचार गरेता पनि विवरण पुष्टी हुन सकेको छैन् ।  भने स्थानिय कांग्रेस नेताहरुले डट्कमलाई पुरा विवरण दिन ईन्कार गरेका छन् । 

यस्तै चुनव नजिकदै जाँदा अर्घाखाँचीमा विभिन्न राजनीतिक दलहरुले अहिलेसम्म प्रकासित दर्जनौ समाचारमा प्रचारका लागि पार्टी प्रवेश गरिएका सम्पूर्ण विवरण, जानकारी गलत दिएको देखिएको छ । पार्टीका कार्यक्रम सम्बन्धी सबै विवरण, जानकारी मिडियाले माग्ने भनेको नेता, सम्बन्धित दल हो तर उनिहरुबाट गलत उपलब्ध गराउदै आएका छन् ।  

अन्य समाचारहरु