लगातारको भीषण वर्षाले पुरा चुत्राबेसी डुवानमा, बाँगी खोला जलमग्न (फोटो भिडियो सहित)

लगातारको भीषण वर्षाले पुरा चुत्राबेसी डुवानमा, बाँगी खोला जलमग्न (फोटो भिडियो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लगातारको वर्षाले अर्घाखाँची जिल्लाको चुत्राबेसी डुवानमा परेको छ।


रातभरीको वर्षाले  बाँगी खोला  वहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो। अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्रमा दुबान भएको छ ।


मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन् । बाँगी खोला किनाराका बासिन्दालाई बाहिर निस्किएका छन् ।


अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन् । अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन् । भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ ।


बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो । अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुवानमा भएको थिएनन् ।



न्युज उप्डेट रिपोर्टिङ: अशोक खनाल
लगातारको भीषण वर्षाले पुरा चुत्राबेसी डुवानमा, बाँगी खोला जलमग्न (फोटो भिडियो सहित)

लगातारको भीषण वर्षाले पुरा चुत्राबेसी डुवानमा, बाँगी खोला जलमग्न (फोटो भिडियो सहित)

अन्य समाचारहरु