पञ्जाव हिमाचल हरियाणा राज्यका बस व्यवसायी महासमितिले भाडा दर तोक्यो

पञ्जाव हिमाचल हरियाणा राज्यका बस व्यवसायी महासमितिले भाडा दर तोक्यो


पशुपति श्रेष्ठ
 
पञ्जाव,(अर्घाखाँची डट्कम) । भारतको पञ्जाव, हिमाचल,हरियाणा बस व्यवसायहरुको साझा संगठन महासमितिले सेप्टेम्बर २३ तारिख बाट लागू हुने गरि भाडा दर तोकेको छ । 


भारतका तीन राज्यहरुमा सञ्चालित विभिन्न टुर एण्ड ट्राभल्स समितिबाट आफुखुशी भाडा लिने बाटो तथा बर्डरमा अलपत्र पार्ने गरेको भन्दै नयाँ भाडा दर तय गरिएको हो ।

दशैं,तिहार,छठ लगायतका पर्वहरु नजिकिदै जादा भारतमा कार्यरत हजारौं दाजुभाइ दिदि बहिनीहरु आफ्नो जन्म घरमा मेला पर्वहरु मनाउन जानेहरुको चहलपहल बढ्न लागेको छ ।

यात्रुहरुलाई सहज सुरक्षीत गन्तव्य स्थान सम्म पुर्‍याउने आफ्नो कर्तव्य भएकाले कुनै पनि ट्राभल्सका समितीबाट नठगिउन आरामदायी यात्रा गर्न सकुन भन्ने हाम्रो दायित्व हो महासमितिका सचिव नवीन कुवँरले भने,सेवा सुविधा दिने हो यात्रुलाई लुट्ने हैन। 

हरेक गाडीमा दुई जना चालक हुनेछन सिट क्षमता भन्दा बढि यात्रु राख्न नमिल्ने गाडिको कण्डिसन दुरुस्त हुनुपर्ने यात्रुहरुका लागि पिउने पानीको व्यवस्था रहनेछ कुनै पनि यात्रुहरुले मादक पदार्थ वा अन्य नसा सेवन गरि यात्रा नगर्न सुपादेउराली टुर एण्ड ट्राभल्सका महासचिव समेत रहेका कुवँरले बताए ।

कुनै पनि समितिका स्टाफहरुले ललाई फकाई गरि तोकिएको भन्दा धेरै वा कम पैसा लिएर यात्रा गराईएको पाइएमा प्रमाण सहित महासमितिको सहयोग कक्षको मोवाईल नम्बर +९१९८८८१९६८८१ मा सुचना दिएमा उचित पुरस्कार प्रदान गरिने महासमितिले बताएको छ ।

अन्य समाचारहरु