अर्घाखाँचीका जनप्रतिनिधिले धामाधम राजिनामा दिने थाले | शितगंगा- ५ का वार्ड सदस्य पाैडेलले मेयरमा उठन राजिनामा दिए

अर्घाखाँचीका जनप्रतिनिधिले धामाधम राजिनामा दिने थाले | शितगंगा- ५ का वार्ड सदस्य पाैडेलले मेयरमा उठन राजिनामा दिए

अराज बेल्बासे | अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ का वार्ड सदस्य छबिलाल पाैडेलले राजिनामा दिएका छन् ।

वार्ड सदस्य छबिलाल पाैडेल

पाैडेलले निर्वाचन आयाेगकाे आचार संहिता अनुसार उमेदवार बन्न जनप्रतिनिधिबाट राजनिनामा दिनु पर्ने नियम अनुसार वडा सदस्यबाट आज राजिनामा दिएका हुन् ।  

नेपाली काग्रेसका पुर्व जिल्ला सचिव समेत रहेका पाैडेलले आगामी निर्वाचनमा मेयरका आकाक्षी स्वरुप राजिनामा  दिएकाे बताए । 

यस पटक महाधिवेशन प्रतिनिधिमा पनि पराजित भएमा पाैडेल अहिले उमेदवार नभएमा राजनितिक लाभबाट पछाडि पर्ने भएकाेले पनि मेयरमा यसपाली उनले अडान दर्हाे रुपमा लिएका छन् । 

उता अर्घाखाँचीका जनप्रतिनिधिले धामाधम राजिनामा दिने तयारी गरेका छन् । 

अन्य समाचारहरु