ढाकावाङ्गमा ३ दिने नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुने

ढाकावाङ्गमा ३ दिने नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुने

टेकराज भुसाल

ढाकावाङ्ग, जेठ १४, भूमिकास्थान अर्घाखाँची ।  भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा ३ दिने नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुने भएको छ।

स्वर्गीय पिता बालानन्द खनालकाे स्मृतिमा छाेरा पाण्डव खनालको संयाेजकत्वमा तथा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ र भुमे मन्दिर व्यवस्थापन समितिको सहजीकरणमा आगामी जेठ २० गतेदेखि २२ गतेसम्म भुमे मन्दिर परिसरमा नि:शुल्क स्वास्थ शिविर संचालन हुने भएको हो।

अन्य समाचारहरु