छत्रदेवबासी जंगली जनावरबाट आक्रान्त

छत्रदेवबासी जंगली जनावरबाट आक्रान्त


पारस भट्टराई 

भगवती, अर्घाखाँची  ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट आफ्ना गाईबस्तु मर्न थालेपछि स्थानीय बासिन्दाले गुनासो गरेका छन्। प्रत्येक दिन जसो नै कहिले चराउन लगेको बेला त कहिले खोरबाट नै बाख्रा खाईदिन थालेपछि कृषक यो पेसा प्रति खिन्न बनेका छन्।


बाख्रा मात्र नभई गोठमा रहेका गाईका बाच्छा बाच्छी , भैसीका पाडा पाडी र ‌गोरुहरु समेत बाघको आक्रमणबाट घाईते गराउनुका साथै मरिरहेका छन्। एउटा किसानको भनाई अनुसार केही दिन अघि मात्र बाघले  गाईको बाच्छी खाइदियो अनि त्यसको तिन दिनपछि आफ्नो बाख्रो माथि आक्रमण गरी अहिले उक्त यस्ता समस्याबाट कृषकलाई बाख्रा घाइते अवस्थामा छ। 

बाख्रा बिमा गरेतापनि आक्रमणबाट घाईते भएको हुँदा बिमा रकम पनि पाउन सकिदैन। यदि उक्त बाख्राको मृत्यु हुन्थ्यो भनेपनि बिमा बापत लगभग १०,००० पाईन्थो। अहिले उक्त बाख्राको उपचार गर्दा नै १५००० सक्कियो। 

यस गाउँमा बाँदरले धमाधम आफ्नो अन्नबाली नष्ट गर्न थालेपछि कृषकहरू निकै समस्यामा परेका छन्। अहिले त गाउँमा जस्ले बाँदर नियन्त्रण गर्ने प्रयास गर्छ उसलाई नै चुनावमा भोट दिने हल्ला समेत चलेको पाइन्छ। उक्त पालिकाले कृषकको गुनासो सुनुवाई नगर्दा स्थानीय चिन्तित छन्।

यि दुई वटा समस्याबाट कृषकको लाखौ रुपैयाँ बराबरको आम्दानी नष्ट भएको छ। यस्ता समस्याबाट कृषकलाई छुटकारा दिलाउन कि त बाघबाट घाईते भएका पशुहरूको औषधोपचार खर्च पालिकाबाट ब्यबस्था मिलाईदिन पर्यो अनि बिमा नगरेको रहेछ भने पनि आर्थिक सहयोग प्रदान गर्न सक्नुपर्यो। बाँदर नियन्त्रण गर्न भने कि त बनपाले राख्नपर्यो । नत्र टोल टोलमा समुह गठन गरी यसको नियन्त्रण गर्ने प्रबन्ध मिलाउन पर्यो । 

अन्य समाचारहरु