अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयमा खोप अनियमितता घटनाको छानविन गरिने

अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयमा खोप  अनियमितता  घटनाको छानविन गरिने


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रमा लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाएको र अनियमितता भएको भन्ने घटनाको छानविन गरिने भएको छ ।


जिल्ला स्वास्थ्य कार्यालयले खोपमा लापरवाही गरेको समाचार बाहिर आएपछि अर्घाखाँची अस्पताल बिकास समितीका अध्यक्ष श्रीकृष्ण भुसालले शुक्रबार एक सुचना जारी गर्दै अनियमितता गर्ने माथि छानबिन गरि उचित कार्वाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको बताएका हुन् ।

भुसालले जारी सुचनामा भनेका छन्; "  खोप  कार्यक्रम संचालनको सन्दर्भमा खोप केन्द्रमा अनियमितता गर्ने, अनुचित र अबान्छित दवाव सिर्जना गर्ने ब्यक्ती, प्रवृत्ती र समुहको पहिचान र छानबिन गरि सार्वजनिक गर्न तथा उचित कार्वाही गर्न जिम्मेवार निकायलाई अनुरोध गर्दछु ।"


निश्चित उमेर समुहका लागी तोकेका खोप युवाहरुलाई समेत लगाईएपछी जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची बिहिवार दिउँसो केही तनावग्रस्त बनेको थियो ।

साथै अध्यक्ष भुसालले केही युवाहरुको समुहले अस्पताल जस्तो संवेदनशिल क्षेत्र भित्र गरिएको दुव्र्यवहार, विवाद प्रति पनि खेद व्यक्त गरेका छन् ।

यस्तै फेसबुके पत्रकारहरुले नबुझी जिल्ला अस्पताल कार्यालयको नाम जोडेर लगाएको आरोप प्रति अध्यक्ष भुसाल र अस्पताल प्रमुख डा. कपिल गौतमले पनि खेद व्यक्त गरेका गरेका छन् ।डा. गौतमलेलेखेका छन्; " अस्पताल  र   स्वयस्थ्य कार्यलय फरक कार्यलाय हुन भन्ने बुझाईको कमिले अस्पतालको नाम  धेरै आयो। हाम्रो अस्पतालको काम उपचारत्मक हो , Covid खोपको ब्यबस्थापनको लागि हैन, खोपबाट हुन सक्ने  AEFI को  उपचारको लागि हो । अस्पताल प्रति को आरोप सहितको लेखाई देख्दा  दुख लाग्यो।"


उता अर्घाखाँचीडट्कमलेगत २०७८ ज्येष्ठ २० गते विहीवारअर्घाखाँचीमा कोरोना खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम, कसैको निधन भएन्" समाचार प्रकासित गरेपछि सर्वसाधारणहरु खोप लगाउन आतुर देखिएको छ । अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाउदा खासै उत्सुक देखिएका थिएनन् । भने तछाडमछाड गरेका थिएनन् ।

श्रीकृष्ण भुसाल गत २०७८ ज्येष्ठ ५ गते बुधवार  अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष पदभार ग्रहण गरेका थिए । जिल्ला अस्पतालको अध्यक्षमा शिक्षित, स्वच्छ छविका मिहिनेती, इमान्दार श्रीकृष्ण भुसाल आएपछि जिल्लाबासीमा ठूलो आशा पलाएको छ । भने अहिले अस्पतालमा अक्सिजन लगायतका स्वास्थ्य सामाग्री पर्याप्त छन् । 

हिजो बिहीवार भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने चेतावनी दिएको थियो ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकारलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका थिए । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको थियो । लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

अर्घाखाँचीमा ३ हजार ३ सय ६० डोज चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप आएको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ७ सय ४५ डोज, शितगंगा नगरपालिमामा ७ सय ३० डोज, भुमिकास्थान नगरपालिकामा ५ सय ७८ डोज, मालारानी गाउँपालिकामा ४ सय ७७ डोज, पाणिनी गाउँपालिकामा ४ सय ६५ डोज र छत्रदेव गाउँपाकिामा ३ सय ७५ डोज खोप आएको थियो ।

साथै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको थियो ।

अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो ।

उता अर्घाखाँचीमा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।

साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।

कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।

अन्य समाचारहरु