गोखुङ्गामा कंचनपुरका एक युवा बेपता भएको १६ दिनपछि भेटिए

गोखुङ्गामा कंचनपुरका एक युवा बेपता भएको १६ दिनपछि भेटिए


अर्घाखाँचीडट्कम संवाददाता 

गोखुङा, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ९  गोखुङ्गामा कंचनपुरका एक युवा बेपता भएको १६ दिनपछि भेटिएका छन् । 


गोखुङामा कंचनपुर जिल्लाको पुनरबास नगरपालिका वार्ड न. ११ अम्बरबस्तीका २९ वर्षिय जय बहादुर थापा बेपता भएको १६ दिनपछि भेटिएका हुन् । उनलाई परिबारको जिम्म्मा लगाइएको छ ।   

आफ्नो घरपरिवारबाट  सम्पर्क बिहिन  ति युवाले पैदल यात्राबाटै गोखुङ्गामा आइपुगेको बताए । गोखुङ्गाका हरि नेपालीको सूचनाबाट हंसपुर प्रहरी चौकी मार्फत अल्पकालीन सेफ हाउस ( शुरक्षा गृह ) को सहयोगमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ल्याई ति युवालाई आफन्तहरुको जिम्मा लगाएको थियो । 

फोटो: अशोक खनाल 

अन्य समाचारहरु