कपिलबस्तुको बर्दहवामा ब्राउनसुगरसहित ३ जना पक्राउ

कपिलबस्तुको बर्दहवामा ब्राउनसुगरसहित ३ जना पक्राउ


शितगंगा खबर 

कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । 

कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।

युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए । 

प्रहरीले उनीहरुको साथबाट २९ ग्राम ७९० मिलिग्राम लागुऔषध ब्राउन सुगर, नाइट्रोभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु