जलुकेमा ७२ अति विपन्न घरपरिवारलाई राहत वितरण

जलुकेमा ७२  अति विपन्न घरपरिवारलाई राहत वितरण

अर्घाखाँचीडट्कम संवाददाता 

जलुके, अर्घाखाँची । लकडाउनले प्रभावितहरुलाई राहत वितरण गर्न बाँकी रहेको शितगंगा  नगरपालिका वार्ड नम्बर ७ जलुकेमा राहत वितरण गरिएको छ ।

जलुकेमा बुधवार नगर कार्यपालिकाले निणय गरे अनुसार ७२ अति विपन्न दैनिक ज्याला मजदुरी गरेर दैनिकी गुजारा गर्ने घरपरिवारलाई राहत वितरण गरिएको प्रकोप व्यवस्थापन समितिका संयोजक तथा उपप्रमुख टिका रेस्मिले जानकारी दिए ।

अन्य सम्पुर्ण वडामा राहत वितरण सम्पन्न भए पनि ७ मा राहत बितरण हुन सकेको थिएन । वडामा बसेको सर्वपक्षिय बैठकले सिफारिस गरेको १५४ घर परिवार मध्ये मापदण्ड अनुसार नगरपालिकाले सच्चाउन भने पछि रोकिएको थियो ।

नगरपालिकाले सर्वदलिय बैठकले सिफारिस गरेका मध्ये राज्यबाट दोहोरो सुविधा लिने सबैलाई राहत नदिने भए पछि वडा अध्यक्ष मोहन पन्थीले सिफारिस भएकाहरुलाई राह वितरण गर्न अनुरोध गरेका थिए । सोही अनुसार राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

अन्य समाचारहरु