भारतमा चार नेपाली संगठनद्वारा संसद विघटनको बिरोध

भारतमा चार नेपाली संगठनद्वारा संसद विघटनको बिरोध


आर बि खड्का 

दिल्ली । छिमेकी भारतस्थित नेपाली सम्पर्क संगठनहरुले नेपालमा बिकसित नया राजनितिक घटना प्रती चासो  देखाएका छन् । उनिहरुले  ओलि नेतृत्वको सरकारका कदम, र संसद विघटनको खुलेर बिरोध गरेका हुन् ।
 
भारत स्थित चार वटा संगठनहरुले मई २४ मा संयुक्त बिज्ञप्ति निकालेर खड्ग प्रसाद ओलीले संबैधानिक निकाय एवं राष्ट्रपतिको समेत दुरुपयोग गरेको , जनताको अभिमत र लोकतान्त्रिक मूल्य मान्यतालाइ कुल्चिएको र अध्यादेश मार्फत शासन लाद्न खोजेको आरोप लगाएका छन् ।

नेपालको विभिन्न राजनितिक आन्दोलन र लोकतान्त्रिक ब्यबस्थाको स्थापनामा आफुहरुले सक्रिय भुमिका निभाउदै आएको भन्दै उनिहरुले निकालेको बिज्ञप्तिमा  संसद विघटन संगै ओलिका सम्पुर्ण  निरंकुश कदमका घोर निन्दा र भर्त्सना गर्दछौ भनिएको छ ।

नेपाली जनसम्पर्क समितीका अध्यक्ष बालकृष्ण  पान्डे ,अखिल भारती एकता मन्चका अध्यक्ष इश्वरी भण्डारि , प्रवाशी नेपाली संघका अध्यक्ष अशोक थापा र मुल प्रवाह अखिल भारत एकता मन्चका अध्यक्ष दुर्गा बाहादुर के . सी . द्वारा हस्ताक्षरित बिज्ञप्तिमा देशमा लोकतान्त्रिक मुल्यमान्यता स्थापना  गर्न ओलिका कदमका बिरुद्ध आफ्ना दलिय मान्यता भन्दा माथी उठ्दै सम्पुर्ण देशभक्त , जनतन्त्रिक , अग्रगामी शक्तिहरु एकजुट भइ आन्दोलनमा सहभागी हुन भारत स्थित चार नेपाली संघ संगठनहरू अपिल गर्दछौ भनिएको छ ।

अन्य समाचारहरु