पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेद्धारा पदभार ग्रहण (भिडिओ)

 पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेद्धारा पदभार ग्रहण (भिडिओ)

डिआरजी सुमन

दुर्गाफाँट, शुक्रवार ०६ जेठ २०७९ । स्थानीय निकाय निर्वाचन २०७९ को निर्वाचनवाट अध्यक्ष पदमा निर्वाचित पाणिनि गाँउ पालिका अध्यक्षटेकराज न्यौपानेले शुक्रवार एक औपचारिक कार्यक्रमका विच पदभार ग्रहण गरेका छन । पाणिनि गाँउ पालिका कार्यपालिका भवनमागाँउ पालिका अध्यक्ष न्यौपानेले प्रतिबद्धता पत्र पढेर पदभार ग्रहण गरेका छन ।


पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालको अध्यक्षता रहेको कार्यक्रममा पाणिनि गाँउ पालिका अध्यक्षटेकराज न्यौपानेको प्रमुख आथित्यता र निवर्तमान अध्यक्ष अच्युत गौतमको विशिष्ट आथित्यता,पाणिनि गाँउ पालिका स्वास्थ्य शाखाप्रमुख शेषकान्त घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो । 


नव निर्वाचित पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेले पदभारग्रहण गर्दै पाणिनि गाँउ पालिका को विकासमा आगामी पाँच वर्ष सवै कर्मचारि,राजनीतिक दल,सरकारी तथा ग़ैरसरकारी संघसंस्था,पत्रकार,आमजनतासँग सहकार्य गर्दै पदीय ज़िम्मेदारी निभाउने प्रतिवद्दता जनाउनु भएको छ ।


पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेलाई वधाई ज्ञापन गर्दै आफुसँग सल्लाह लिएर काम गर्न चाहेको खण्डमा आवश्यकसहयोग गर्ने प्रतिवद्दता निवर्तमान अध्यक्ष अच्युत गौतमले जनाउनु भएको छ ।


पाणिनिको विकासमा सवैसँग सहकार्य गर्ने वताउदै पाणिनि गाँउ पालिका निवर्तमान अध्यक्ष गौतमले अव आफु नेपाली कांग्रेसकोजिल्ला सचिव को हैसियत मै पाटीको काममा सक्रियता जनाउने वताउनु भएको छ । पाणिनि गाँउ पालिका अध्यक्ष को कार्यकक्षमासम्पन्न पदभार ग्रहण कार्यक्रममा पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा पौडेल,०७ नं वडा अध्यक्ष गुनाखरअधिकारी,३ नं वडा अध्यक्ष युवराज ज्ञावली,५ नं वडा अध्यक्ष ईन्द्रमणी घिमिरे,४ नं वडा अध्यक्ष हरी घिमिरे,वडा सदस्य एकराजअधिकारी,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसाल लगायत विभिन्नमिडियामा आवद्द पत्रकार,राजनीतिक दलका नेता,पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाम लगायतको उपस्थिति रहेको थियो ।


आगामी आईतवार पाणिनि तपोभूमिमा नव निर्वाचित वडा अध्यक्ष  र सदस्यहरुले सपथ लिने कार्यक्रम रहेको पाणिनि गाँउ पालिकाअध्यक्ष टेकराज न्यौपानेले वताउनु भएको छ । - तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु