विपन्न बर्गका नेपालीलाई स्वदेश फर्कन दिनेश सुनुवारले हरेक तीन महिनामा एक हवाई टिकट सहयोग गर्ने

विपन्न बर्गका नेपालीलाई स्वदेश फर्कन दिनेश सुनुवारले हरेक तीन महिनामा एक हवाई टिकट सहयोग गर्ने

टेकराज थापा

 कतार । प्रवासी नेपाली समन्वय समिति (PNCC) कतारको स्वयंसेवक समुहको तर्फबाट कोरोना भाइरस (COVID - 19) को  समस्याले गर्दा रोजगार गुमाएका अति विपन्न बर्गका नेपाली मजदुरलाई  स्वदेश फर्कनको लागी हवाई टिकट सहयोग गर्ने भएको छ । 

उक्त टिकटमा लाग्ने खर्च समुहका सदस्य दिनेश कुमार सुनुवारले बेहोर्ने जानकारी प्राप्त भएको छ । ओखल्ढुङ्गा, सूनकोशी गाउँपालिका वडा नं.९ जन्मघर भएका दिनेश कुमार सुनुवार बिगत लामो समयदेखी बैदेशिक रोजगारमा छन । साउदी अरबमा १८ वर्ष काम गरेका र त्यहाँ रहँदा देखि नै एनआरएनएसँग आबद्ध भई सामाजिक सेवाको अनुभव लिइसकेका सुनुवार बिगत दुई वर्ष देखि कतारको प्रतिष्ठित अलमिरामा क्षेत्रीय म्यानेजरको रुपमा कार्यरत छन ।

कोभिड-१९ का कारण यति बेला विश्व जगतनै आक्रान्त भई रहेको अवस्थामा विभिन्न समस्याले गर्दा रोजगार गुमाएका  र अप्ठ्यारोमा परेका नेपाली कामदारहरुको आर्थिक अवस्था हेरि उक्त हवाई टिकट सहयोग प्रदान गर्ने बताइएको छ । 

कोभिड-१९ का कारण रोजगार गुुमाएका, आर्थिक अवस्था अति नै कम्जोर भएका तर नेपाल फर्कन इच्छुक भएका नेपाली कामदारहरुलाई कतार देखी नेपाल सम्मको हवाई टिकट प्रत्येक तीन–तीन महिनामा  एक जनालाई उपलब्ध गराउने समुहले बताएको छ र यो अभियान निरन्तर जारी रहने पनि जनाईएको छ । विभिन्न समस्यामा परेका नेपाली कामदारहरुलाई आवस्यक परामर्श लगायत सहयोग गर्दै आएको स्वयंसेवक समुहले खानाको समस्या भएको खण्डमा एनआरएनए एनसीसी  कतारसंग समन्वय गरि खाद्यान्न समेत उपलब्ध गराउदै आएको छ । आवस्यक परेमा थप केही थान खाद्यान्न स्वयंसेवक समूह स्वयंले पनि उपलब्ध गराउन सक्ने बताईएको छ ।

विभिन्न खाले समस्यामा परेका नेपालीहरुलाई आवस्यक परामर्श लगायत सहयोग गर्ने क्रममा एनआएनए एनसीसी कतारसँग समन्वय गरी खाद्यान्न प्याकेज उपलब्ध गराउदै आएको स्वयंसेवक समुहले कानूनी सहयोग र परामर्शको लागि नेपाली राजदुतावास कतार र राष्ट्रिय मानव अधिकार समिती कतारसँग समन्वय गर्ने पनि बताईएको छ ।

अन्य समाचारहरु