समाजको अभिन्न पाटो शिक्षा हो

 समाजको अभिन्न पाटो शिक्षा हो

सन्तोष ढकाल

म एक मानव, मानसपटलमा अनेकौ कुरा खेल्न पाउनु मेरो ब्यक्तिगत मनोबिज्ञान हो।आफु,देश र समाजको बारेमा मुख खोलेर सहीलाई सही र गलतलाई गलत भन्न पाउने शैक्षिक जनशक्तिको स्वबिबेक अधिकार पनि हो। जब सम्म हाम्रो आखा जीवन दर्शन र सामाजिक मुल्यमान्यता अनुसार ढलाउदै लान सकिन्न त्यतिवेला सम्म हामीले सोचेकोजस्तो समाज निर्माण हुन सक्दैन। समाजलाई दिशा-निर्देश गर्ने र सबल जनशक्ति उत्पादन गर्ने शिक्षा जगतले नै हो। गास, बाँस र कपास सगै अभिन्न रहेका शिक्षा, स्वास्थ अनि रोजगारी हरेक जनताको आधारभुत आवश्यकता हो।मुलत: हाम्रो सस्कृतिक सामाजिक,आर्थिक हरेक दृष्टिकोणबाट समाजलाई सबल र योग्य बनाउने सपना शिक्षाबिना अधुरो र अपुरो नै रहन्छ।वर्तमान जेजस्तो भएनी शिक्षा लिएको मानिस जीवनको उत्तरार्धसम्म पनि केही न केही प्रगति गरिरहेको हुन्छ। जीवनदर्शन र राजनीतिक पाटो पनि शिक्षाको अभिन्न अङ्ग भित्र पर्दछ।
                            
हाम्रो समाज चुदिफाट भानुभक्त आचार्य जन्मस्थल पर्दछ। यति भन्देै गर्दा यो फाट साहित्य, सिर्जना र राजनीतिक व्यक्तिको कमी छ भन्ने मा दुविधा छैन। देशको उच्च ओहोदामा चाहे राजनीतिक रुपमा होस, चाहे शान्तिसुरक्षाको प्रमुखको रुपमा होस,चाहे उद्योगी व्यवसायीको रुपमा होस चुदी फाट केही न केही हिसाबले राष्ट्रिय छवि बनाएकै छ। बाहुनले हलो जोत्न हुन्न भनी भनिएको पुरातनवादी सोचलाई परिवर्तन गरेर "हलो क्रान्ति" का अगुवा रामप्रसाद खनालको जन्मस्थल पनि चुदी नै हो। देशलाई चाहिने जनशक्ति प्रदान गर्न चुदी खोलाको माटो मलिलो रहेको छ भन्नेमा सबै निस्चिन्त भएर ढुक्क हुन पनि अनुरोध गर्दछु।यहाँ हुने हरेक गतिविधिहरु सामाजिकआर्थिक र राजनीतिक हिसाबले सबल र सक्षम छ भन्ने कुरामा पनि अनेकन भन्न जरुरी छैन। 

शिक्षा आर्जन गर्ने र शिक्षा लिनुपर्छ भनेर पहलकदमी लिन सक्ने परिवारमा ऋण र धन हुदा र नहुदा उस्तै खालको ब्यवहार गर्न सक्ने खुबी हुनुपर्छ। म एक सामान्य परिवारमा जन्मिएको हु। शिक्षादीक्षा राम्रो नै लिनुपर्छ भन्नेमा सचेत परिवार भएको कारणले मलाई त्यस्तो समस्या परेन।मेरो चिन्तन मैले आजभन्दा 11 वर्ष पहिले एस.एल.सी दिदाको परिपाटी र अहिले विद्यार्थीले लिएको शैक्षिक ज्ञान बीचको खाडल कति छ त? साच्चिकै हामीले पाएको शिक्षा र अहिले हामीले दिनपर्ने न्युनतम शैक्षिक ज्ञानको दुरी कति बढिरहेको त छैन? शैक्षिक नियमावलीमा हुँदै गएको परिमार्जनले कतै हाम्रो गुणस्तरीयता मा प्रश्न चिन्ह त खडा गरिरहेको छैन? ग्रेडमा रुपान्तरण भएको लब्ध्याङ्क पत्रले विद्यार्थीको शैक्षिक मापनमा कतै त्रुटि त ल्याएको छैन?

खैर अरु कुरामा जे जे होला होला भनेर भन्न सक्ने अवस्था होला तर शिक्षा र स्वास्थ्य गम्भीर विषय हुन। यहाँ माफियागिरी र दलाल चलखेल हुनुहुन्न। समाजको दिशानिर्देश गर्ने नै गलत भयो भने हाम्रो आगामी पुस्ताले अवस्य दुख पाउछ। सम्बन्धित निकायले "मेरो हैन, हाम्रो हो" भनेर परिवर्तनको काचुली फेर्न सक्नुपर्छ। शैक्षिक भ्रष्टचार र राजनीतिकरणले थिलोमिलो भएको समाज एकपटक फेरी उठ्नुपर्छ। यो धर्तीमाता नेपालीहरु विश्वबजारमा बिकेको हेर्न चाहन्छिन। अबको समाज, विज्ञान र प्रविधिको अधिकतम प्रयोगले देशको समुन्नत विकास र सवृद्विको सपना साकार पर्नेमा केन्द्रीकृत हुनुपर्छ।

सुरुवात आफैबाट गरौ, हामीवीच भएको बेतिथी सकारात्मक सोचले नै अन्त्य गर्न सकिन्छ। 
         फुटेर होइन,जुटेर लागौ,
         बोलेर होइन, डटेर लागौ।
नेपाल आमा सुशासन र अमनचयन हाम्रै पालामा हेर्न चाहन्छिन।जय देश, जय धर्तीमाता....!!!

 समाजको अभिन्न पाटो शिक्षा हो

अन्य समाचारहरु