ढाकावाङको साम्नेगाउँका एक युवाको कपिलबस्तुमा मोटरसाइकल दुर्घट्नामा परि निधन

ढाकावाङको साम्नेगाउँका एक युवाको कपिलबस्तुमा मोटरसाइकल दुर्घट्नामा परि निधन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङको साम्नेगाउँका एक युवाको कपिलबस्तुमा मोटरसाइकल दुर्घट्नामा परि निधन भएको छ । 

ढाकावाङको साम्नेगाउँका २४ बर्षिय डिलबहादुर गमाल (राजेश) को शनिबार साँझ करिव ७:१५ बजे पुर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको बडगाउँ र पिपराको सडकमा मोटरसाइकल दुर्घट्नामा परि निधन भएको हो ।

बडगाउँ र पिपराको सडकमा बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिदा गमालको घटनास्थलमा नै निधन भएको पिपरा प्रहरीले बताएको छ । साथै अर्को गम्भीर घाईते मोटरसाइकल चालकलाई बुटवल उपचारको लागि रिफर गरेको प्रहरीले बतायो। 

गमालले बुटवलको बुद्वनगरमा होटेल व्यवसाय गर्दै आएका थिए । 

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु