खनदह र हंसपुरमा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न

खनदह र  हंसपुरमा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

खनदह , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका  वार्ड नम्बर ३ खनदह र ६  हंसपुरमा जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ । 


खनदह र  हंसपुरमा बिषेश नापी कार्यलय अर्घाखाँची  जग्गाधनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सम्पन्न भएको हो ।


मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला क्षेत्री विशेष नापी कार्यालयका प्रमुख खिम बहादुर राना सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा वार्ड अध्यक्ष सोभाखर खनाल नेकपा एमालेका नेता जनार्दन खनाल नापी कार्यालयका प्रमुख धर्म अधिकारी मालपोत कार्यालयका गणेश भण्डारी पत्रकारहरु विशेष नापि कार्यलयका टोली प्रमुख लगाएतका कर्मचारीहरु स्थानियबासीहरुको सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु