सुपादेउराली नजिक सुपाखोलामा सन्धिखर्कबाट काठमाडौं जादै गरेको बसमाथि ढुङ्गा खस्दा ५ जना घाइते

सुपादेउराली नजिक सुपाखोलामा सन्धिखर्कबाट काठमाडौं जादै गरेको बसमाथि ढुङ्गा खस्दा ५ जना घाइते

अर्घाखाँचीडट्कम संवाददाता 

सुपाखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सुपादेउराली नजिक सुपाखोलामा सन्धिखर्कबाट काठमाडौंका लागि छुटेको बस माथि ढुङ्गा खस्दा पाँच जना यात्रु घाइते भएका छन् ।   

सुपाखोलामा सन्धिखर्कबाट अपरान्ह काठमाडौंका लागि छुटेको लु २ ख २१४७ नम्बरको बसमा एक्कासी माथि पहिरोबाट ढुङ्गा खस्दा पाँच जना यात्रु घाइते भएका हुन् । घाइतेको अबस्था सामान्य रहेको बताइएको छ । 

साथै बसमा सामान्य क्षति पुगेको छ । भने अहिले सुपाखोलाबाट बस काठमाडौंको लागि अगाडि बढेको छ । 

अन्य समाचारहरु