अछाममा घरमै सुतिरहेकाबेला चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको ज्यान गयो

अछामको मेल्लेख गाउँपालिका-८ मा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ ।

घरमा सुतिरहेको अवस्थामा १३ वर्षीया किशोरीलाई मंगलबार राति चितुवाले आक्रमण गरेको हो ।

मेल्लेख गाउँपालिका-८ हात्तीकोटको डुग्रीगाउँका गोपाल भुलकी छोरी पवनलाई चितुवाले आक्रमण गर्दा उनको ज्यान गएको प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार राति आमासँगै ढोकानजिकै सुतेकाबेला चितुवाले आक्रमण गरेको हो । करिब १०० मिटर पर उनको शव भेटिएको थियो ।

मृतक किशोरीको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको छ । इमेजखबरमा समाचार छ । 
 

अन्य समाचारहरु