सचिवमा सिफारिस गरेका टोपबहादुर रायमाझीको पदमा निर्वाचन हुने

सचिवमा सिफारिस गरेका टोपबहादुर रायमाझीको पदमा निर्वाचन हुने


अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौं (अर्घाखाँचीडट्कम) ।  चितवनकाे साैराहामा जारी नेकपा एमालेकाे महाधिवेशनमा पार्टी अध्यक्षमा केपी शर्मा ओलीले सचिवमा सिफारिस गरेका टोपबहादुर रायमाझीको पदमा निर्वाचन हुने भएको छ ।  

सचिवमा ओलीले टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम सिफारिस गरेका थिए । सचिवमा उम्मेदवारी दिएका भट्ट र रायमाझी पूर्वमाओवादी हुन् । 

यी नामलाई प्रतिनिधिहरूले ताली पिटेर 'पारित' गरेको थियो । तर, सचिवमा थप दुई नेताको उम्मेदवारी परेको छ । सचिवमा भीम आचार्य र टंक कार्कीले पनि उम्मेदवारी दिएका छन् । यी दुई नेताले पनि ओलीको प्रस्तावमा 'बागी' उम्मेदवारी दिएका हुन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे सुचीमा केन्द्रीय सदस्यमा अर्घाखाँचीबाट चन्द्र खड्का, चेतनारायण आचार्य, नजिर मियाँ र बम बहादुर विक रहेका छन् । 

अन्य समाचारहरु