अक्सफोर्डले परीक्षणमा सहभागी एकजना बिरामी भएपछि रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

अक्सफोर्डले परीक्षणमा सहभागी एकजना बिरामी भएपछि रोक्यो कोरोना भ्याक्सिनको ट्रायल

अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी हुँदा भ्याक्सिनको ट्रायल रोकेको छ ।

कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोकेका हुन् ।

परीक्षणमा समावेश एक व्यक्ति विरामी भएको र उसको रोगबारे पूर्ण जानकारी प्राप्त नभैसकेकाले तत्काल का लागि परीक्षण रोकिएको जनाइएको छ ।

यो रुटिन स्थगन नै भएको युनिभर्सिटीले जनाएको छ । अहिले संसारभरी करिब एब दर्जन बढी स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको छ ।

यसमध्ये तेश्रो चरणमा रहेको अक्सफोर्डको परीक्षण सबैभन्दा अघि रहेको विश्वास गरिएको छ ।

भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हजार मानिस सहभागी भएको बताइन्छ ।

ठूला परीक्षणमा यस्तो समस्या आउने सम्भावना भैरहने विज्ञहरु बताउँछन् ।

ट्रायलका बिरामीको रोगको कारण पत्ता नलागुन्जेल ट्रायल रोक्ने प्रावधान नै भएको युनिभर्सिटीले स्पष्ट पारेको छ । (एजेन्सी)

अन्य समाचारहरु