गजल:- प्राण भन्दा धेरै चाहन्छु.

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

प्राण भन्दा धेरै चाहान्छु अझै पनी तिमिलाइ.!!
ढूक्ढुकीनै ह्रदयको मान्छु अझै पनी तिमीलाइ.!!

हरपल तिमि प्यार बनेर छाउँछेउ यि नयन भरि,
साच्नै जिन्दगी नै ठान्छु अझै पनी तिमीलाइ.!!

संसारकै अनमोल अनि सुन्दरताले सजिएका,
उपहारहरु हररोज छान्छु अझै पनी तिमीलाइ.!!

तिम्ले मलाई सधैंभरी घ्रिणा तिर्सकार गरे पनी,
मूटु झिकी दिएर जान्छु अझै पनी तिमीलाइ.!!

[[२"प्राण भन्दा धेरै चाहन्छु अझै पनी तिमीलाई.!!
ढुकढुकी नै ह्रदयको मान्छु अझै पनी तिमीलाई..२"]]