सिद्धाराको ढुङ्गेशेरामा एमालेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, २५ घरपरिवार पार्टी प्रवेश

सिद्धाराको ढुङ्गेशेरामा  एमालेको भेटघाट तथा पार्टी  प्रवेश कार्यक्रम सम्पन्न, २५ घरपरिवार पार्टी प्रवेश


गणेश खनाल | अर्घाखाँचीडट्कम संवाददाता 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेशेरामा नेकपा (एमाले) को वार्ड स्तरिय भेला सम्पन्न भएको छ । 


सिद्धाराको ढुङ्गेशेरामा आज बिहिवार नेकपा (एमाले) को वार्ड स्तरिय भेला सम्पन्न भएको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका २५ घरपरिवार एमालेमा प्रवेश गरेका थिए । 

कार्यकर्ता भेटघाट तथा पार्टी  प्रवेश कार्यक्रम वडा कमिटी अध्यक्ष नवराज भुसालको अध्यक्षता , नेकपा एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझीको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल , जिल्ला कमिटीका सचिव बिधान रायमाझी ,सहसचिव भिम केसी ,जिल्ला कमिटी सदस्य एवं नगर कमिटी ईन्चार्ज ओपी पाण्डे ,नगर कमिटी अध्यक्ष वसन्त कुमार श्रेष्ठ,  जिल्ला कमिटी सदस्य सिवकला बिक ,कासि आचार्य, सुसिला आचार्य , ईन्द्र पल्ली लगायतको सहभागीता रहेको थियो । कार्यक्रम बिक्रम पल्लीको संचालन , नारायण प्रसाद आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु