अनिल नेपाली
बुटवल । नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समिति सदस्य टिका बहादुर रेश्मिलाई पितृ शोक परेको छ । अर्घाखाँची सितगङ्गा नगरपालिका १४ निवासी पुन बहादुर रेश्मिको सनिवार साझ निधन भएको हो । बि स २००२ जेष्ठ 2 गते जन्मनु भएको रेश्मिको श्रीमती , ३ छोरा १ छोरी हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले मृतक रेश्मि प्रति भावपुर्ण श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समबेदना व्यक्त गरेको छ । प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेव र अध्यक्ष सुदर्शन बराल द्वारा जारी शोक बिज्ञप्तिमा रेश्मिको निधनले पार्टी र कम्युनिस्ट आन्दोलनलाई अपुरणिय क्षति पुगेको उल्लेख छ । रेश्मि पार्टी सदस्य हुनुहुन्थियो ।
रेश्मिको आइतबार बाणगङ्गा नदि देउराली घाटमा अन्तिम अन्त्येष्टि गरिएको छ । पार्टी इन्चार्ज बलदेव लगायतका नेताकार्यकर्ता उहाँलाई अन्तिम श्रद्धांजलि दिन देउराली घाट पुग्नु भएको थियो ।