हंसपुरको रतनमारे र मेहेलपानीमा सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न (फोटो सहित)

हंसपुरको रतनमारे र मेहेलपानीमा सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरमा सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न भएको छ । 


हंसपुरको रतनमारे र मेहेलपानीमा बिहीवार लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सम्पन्न भएको हो । 


मालारानी ६ वार्ड कार्यालय र शाइन रेशुङ्गा बैंक शाखा कार्यालय खनदहको समन्वयमा वार्ड कार्यालय रतनमारे र मेहेलपानीमा भत्ता बितरण गरिएको थियो । 


कार्यक्रममा   वडाअध्यक्ष नारायण प्रसाद अर्याल लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु