अर्घाखाँचीमा प्रहरीको दशैँ सुरक्षा योजना सफल

अर्घाखाँचीमा प्रहरीको दशैँ सुरक्षा योजना सफल


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा प्रहरीको दशैँ सुरक्षा योजना सफल भएको छ । 


अर्घाखाँचीभर यो वर्षको दशैँलाई मध्येनजर गर्दै प्रहरीले गरेको सुरक्षा योजना सफल भएको हो । जिल्लामा यो वर्षको दशैँमा कुनै आपराधिक घटना घटेनन् । 


 शान्ति सुरक्षाका दृष्टिले चाडपर्व जोखिमपूर्ण मानिन्छ । चाडपर्वको मौकामा आपराधिक घटना बढी हुने गर्छन् । त्यसैले प्रहरी वर्षेनी चाडपर्व केन्द्रित सुरक्षा योजना ल्याउने गर्छ ।


अर्घाखाँचीमा प्रहरी सुरक्षा योजना सफल भएकै कारण आपराधिक घटनामा कमी आएको बताइएको छ । विशेष सुरक्षा योजनाको लागि सादा पोसाक, युनिफर्म र ट्राफिक प्रहरी गरेर प्रहरीले तीन तहमा सुरक्षा व्यवस्था मिलाएको थियो । अर्घाखाँचीभर दशैँलाई मध्येनजर गर्दै प्रहरीले घरदैलो कार्यक्रम चलाएको थियो । 


जिल्ला प्रहरी अर्घाखाँचीका अनुसार दशैंमा कुनै अप्रिय घटना भएनन् । प्रहरीले गाउँ, बजार सार्वजनिक सवारी साधनमा हुनसक्ने चोरी -लुटपाट, पकेटमार र महिला हिंसालाई मध्यनजर गर्दै सादा पोसाकमा प्रहरी व्यापक परिचालन गरेको बताएको थियो । 


शान्ति सुरक्षा भनेको जनताको मनोबल वृद्धि हो । चाडपर्वमा मात्र नभइ ३ सय ६५ दिन नै शान्ति सुरक्षा दिने जिल्ला प्रहरी अर्घाखाँचीको भनाई छ । 

उता प्रहरीले नजिकिदै गरेको तिहारलाई पनि मध्यनजर गरी हुन सक्ने चोरीडकैती अपराधिक घटनालाई न्यूनीकरण गर्ने उदेश्यले दैनिक रुपमा गस्ती अभियानलाई जारी राख्ने बताएको छ । 

अन्य समाचारहरु