धारापानीबाट बसाई सराई गर्नेहरुको लहर रोकिएन्

धारापानीबाट बसाई सराई गर्नेहरुको लहर रोकिएन्


रामप्रसाद वन्जाडे
भुमिकास्थान ४ धारापानी 

हाल छिमेकी देश भारत पछिल्लो समयमा जिल्लाका स्थानीय तहहरु साविकको वङ्ला गाबिसपछि बिकसित गाबिस मध्ये साविक धारापानी पनि एक हो । जहाँकी  वर्षातको मौसममा पनि यातायात पनि उ बेला देखि नै  धारापानीदेखि सदरमुकाम सन्धिखर्कसम्म सालमा प्राय नरोकिने ठाउँ हो तर आज आएर भुमिकास्थान नगरपालिकाका स्थानियबासीहरु प्राय   जिल्ला सदरमुकाम सन्धिखर्कमा अति आवश्यक  काम बाहेक सदरमुकाम  जानू पर्दैन । 

बिकासको आधारमा बनेको  धारापानीदेखि सन्धिखर्कसम्मको सडक खण्ड यति बेला बुटवल उपमहानगर पालिकाको सडक भदा कम छैन हिजोका दिनहरुमा चामल लत्ताकपडा जस्ता सम्पुर्ण सामानहरु ल्याउन जादा दिनभर पैदल यात्रा गर्दा दुख र पीडा सहने गाउँ  आज घरको दैलोमा सम्पुर्ण सामानहरु घरदैलोमानै पाइन्छ । बिकासले फड्को मारेको मेरो गाउँमा आज गाउँ छोडी बसाइँसराइ गर्नेहरुको लर्को लागेको छ  ।

बस्तिहरु पातलिदै जाँदा आजभोलि  बन्यजन्तुहरु घर घरमा सास्ती दिन थालेका छ्न। पल्ला घर्की दिदि र तल्ला घर्की भाउजु पनि स्वास्थ्य र शिक्षा खोजदै बटौली जानू भो शिक्षाको आधारमा बिकास र सुबिधा भनौ भने मईले अध्यान गरेको श्री अन्न पुण निम्नमाध्यमिक बिधालयलाई चिन्न सम्म गारोभो हिजो बिहान खरको छानो  र टिनको छानो मुनि बसेर अध्यन गरेको हाम्रो बिधालय आज बटौलीको कालिका बिधालय भन्दा कम देखिदैन । 

गाउँघरमा  हिजोका दिनहरुमा गाउँघरमा सामान्य बिरामी हुँदा सन्धिखर्क जानू पर्ने अवस्था थियो आज  गाउँघरमा टोलै पिच्छे मेडिकलहरु छन । यति हुँदाहुँदै पनि सम्पुर्ण गाउँबासीहरु सुबिधा सम्पन्न खोज्नको लागी सहर पसेको पाइन्छ तर मलाई आफू जन्मेको गाउँ बटौली भन्दा कम छैन भन्ने जस्तो लाग्छ  । 
 
यहि गाउँमै जन्मिएर अनि यही गाउकै बिधालयमा पढेर    मेरो दाजुको  छोरा देबिरामले  बटौलीमा राम्रोकाम गरेको छ। शिक्षा सम्बन्धी पल्लाघरे दाजीको छोराले सहरपसेर पडेपनी खाडीमुलुक  गयो  गाउँ घरमा सेवा सुबिधा नै छैन भन्ने हाम्रो समाज लाई के भनौं ?  पल्ला घरका दाईले शिक्षकमा नाम निकाली थाईजागिरे हुनुभएको छ  हिजोका दिनमा बुटवलमा गएर पढेलेखेका हाम्रा दाजिको त्यो डिक्री सहरीय राम्रो शिक्षा गाउँमा आयपछि नराम्रो शिक्षा भईदिने यो समाजको कस्तो खाल्को बुझाई हो भनेर बुझ्न सकिएन शिक्षा स्वस्थ्य सम्पुर्ण कुराहरुको सुबिधा पाइन्छ  भन्दै बसाई सराई गर्नेहरुको लहरो सङ मेरो गाउँ सहर बनेपनि केही दु:ख लाग्छ ।

हिजो गाउँमा ती मानिसहरूले गुन्जयमान गराएको आबाज भोलि कतै बन्यजन्तुले गुन्जयमान गराउने त हैन ? समय सङ्गै परिबर्तन भएको मेरो गाउँमा मानिसको चापभन्दा पनि सबै गाउँबासीहरुको घर आगनमा जङ्गल बन्दै गयो पहिलाको त्यो रमाइलो तल्ला घरेदाई देउसी भैलोमा नाचेको दसैं बेला टिकालगाउदै ती सेल रोटीहरु कस्का कति भनी गनेको त्यो दिन  सम्झदा  गाउँ कति बेला पुगुजस्तो लागछ। तर बिड्म्बना गाउँमा जादा जङ्गलमा गएको जस्तो महसुस हुन्छ। 

यति बेला हिजोका दिनमा बिधालय गएको बेला खाजाखाने समय ( हापछुट्टी)मा गएर ती भुटुकका दाना  , त्यो नुन र ती  बारिमा फलेका बोडी हाम्रो खाजा थियो आज आयर अहिलेका विद्यार्थीहरुले मम र चाउमिन जस्ता सहरिय छेत्रमा पाईने खाजा (जङफुड)खान्छन बिकासको आधारमा सम्पुर्ण कुराहरुको सम्पन्न साली हाम्रो धारापानीमा आज ब्यबसायदेखि लिएर हिजोको रमाइलो बाताबरण आज सुनसान देखियको छ। 

गाउँमा भन्दा केही सुबिधा सहर प्रती भए पनि  धर्म सस्कार लगायत रहन सहनदेखि लिएर मानव  प्रती गरिने ब्याहार भने कहिलेपनि सिकाउन सक्ने छैन  त्यो शहरले । 

अन्य समाचारहरु