अर्घाको धरमपानीमा कांग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न

अर्घाको धरमपानीमा कांग्रेसको  श्रद्धाञ्जली सभा सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीमा नेपाली कांग्रेसका क्रियाशील  सदस्य स्व. ठगबहादुर घर्तीकाे ७ औ दिनको पुण्य तिथिकाे अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 
   

अर्घाको धरमपानीमा शनिवार नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि, निजामती कर्मचारी युनियनका पुर्ब उपाध्यक्ष गुणबहादुर घर्ती तथा, मान बहादुर घर्ती, ताेजबहादुर घर्ती र बिष्णु बहादुर घर्तीका  पिता कांग्रेसका क्रियाशील  सदस्य ठगबहादुर घर्तीकाे ७ औ दिनको पुण्य तिथिकाे अबसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । 
 
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, पुर्ब सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल , महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह बिक,  क्षेत्रीय सभापति राजेश पन्थी , उप सभापति नारायण चुँदाली, प्रदेश प्रतिनिधि लाेकेन्द्र बिक, गाेपाल प्रसाद पन्थी ,   टिकाराम बन्जाडे, प्रेमनारायण अाचार्य, नेपाल महिला संघका जिल्ला उपाध्यक्ष जानका बन्जाडे, नेपाली कांग्रेस सन्धिखर्क नगर उपसभापति शान्ता पन्थी ,  भरतमणि पाेख्रेल,    कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष शेसकान्त घिमिरे ,उपाध्यक्ष माधब अर्याल , सचिव रबि अर्याल , शालिकराम पन्थी , अर्जुन रेग्मी , मुक्तिराम खनाल , शान्ता आचार्य, पशुपति आचार्य, लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । 
 
श्रद्धाञ्जली कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति इश्वरी प्रसाद मरासिनीकाे सभापतित्वमा सम्पन्न भएको हाे ।

अन्य समाचारहरु