पूर्वी भारतमा यास चक्रवातका कारण चार जनाको मृत्यु, १० लाख भन्दा बढी प्रभावित

 पूर्वी भारतमा यास चक्रवातका कारण चार जनाको मृत्यु, १० लाख भन्दा बढी प्रभावित



एजेन्सी

 पूर्वी भारतमा यास् चक्रवातले कम्तीमा चार जनाको मृत्यु भएको छ ।

आँधीका कारण कैयौं सर्वसाधारण घरबारविहीन भएके भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । उक्त चक्रवातले भारतको पश्चिम बंगाल र उडिशा राज्य तथा दक्षिणी बंगलादेशमा अत्यधिक प्रभाव पारेको छ ।

चक्रवात सुरू हुनुअघि नै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ विस्थापन गरिएको थियो । दुई सातायता भारतमा आएको यो दोस्रो समुद्री आँधी हो ।

अघिल्लो साता टाउटे आँधीले पश्चिम भारतमा १५० जनाको ज्यान लिएको थियो । कोरोना महामारी जारी रहेका बेला भारतमा शक्तिशाली समुद्री तुफान आएको हो ।

आँधीका कारण तटीय क्षेत्रमा तीव्र हावाहुरी आउनुका साथै भारी वर्षा पनि भएको छ । आँधीका कारण घरहरू भत्किएका छन् भने ठूला छालले तटीय नगरहरू डुबानमा परेका छन् । भारतीय मौसम विभागका अनुसार चक्रवात पश्चिमतर्फ सर्दै गएको र कमजोर हुँदै गएको छ ।

अन्य समाचारहरु