बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको मुहार फेरिदै

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको मुहार फेरिदै


अनिल नेपाली 

बल्कोट, अर्घाखाँची ३० जेष्ठ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बल्कोटमा निमिक्त कार्यालय प्रमुख विष्णु खनाल भएसँगै तिब्र परिवर्तन भएको छ । 


निमिक्त  प्रमुख खनाल आएदेखि प्राथमिक स्वास्थ्य केन्द्रले मुहार फेरेको छ । गत बर्ष कोरोनाको महामारीका कारणले बन्द भएको दैनिक ओपिडि सेबा स्वास्थ्य विमा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाएको खनाले बताउछन् ।  


खनालले यो कोरोना  माहामारीको समयमा पनि दैनिक ४० देखि ५०  जनालाई सेवा दिनुका साथै प्रयोगशाला इीसजी भिडियो एक्सरे आमा सुरक्षा  परिवार नियोजन  सुरक्षित गर्भपतन ईमरजन्सी स्वास्थ्य विमा कार्यक्रम  सन्चालन स्वास्थ्यको मापदण्ड  पालना गर्दै सन्चालन गर्दै आएका छन् ।  

देख्दा सामान्य देखिने खनाल जनताको सेबामा विहान देखि साझ सम्म  निकै व्यस्त रहेको देखिन्छ ।  आर्थिक अबस्था कमजोर भएका विरामीलाई पनि थोरै धेरै आफै आर्थिक सहयोग गरी  उपचारको व्यबस्था मिलाउने गर्दछन् । खनालले विकट बस्तीमा सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रमले गर्दा उपचारमा निकै सहज  भएको  जनता लाभान्वित भएको बताउछन् । सामान्य परिबारमा जन्मिएर पनि जनताको सेबामा दिन रात नभई उपचारको व्यबस्था मिलाउने खनाल कसैलाई  केही असहज हुदा पनि घरमै गई उपचारको व्यबस्था मिलाउने गर्दछन् । 
बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रको मुहार फेरिदै

अन्य समाचारहरु