नेपाल भौतिक विज्ञान समाज शक्तिशाली समाज बन्दै छ: प्रा.डा.नारायण प्रसाद चापागाईं

नेपाल भौतिक विज्ञान समाज शक्तिशाली समाज बन्दै छ: प्रा.डा.नारायण प्रसाद चापागाईं

सन्तोष के.सी  
  
काठमाडौं ( अर्घाखाँचीडट्कम) । नेपाल भौतिक विज्ञान समाज राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा अगाडि बढ्दै गईरहेको कुरा नेपाल भौतिक विज्ञान समाजका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायण प्रसाद चापागाईंले बताउनुभएको छ।

नेपाल भौतिक बिज्ञान समाज केन्द्रीय समितिले आयोजना गरेकोे नवनिर्मित नेपाल भौतिक विज्ञान समाज प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरुको सल्लाहकार समितिका सदस्य तथा केन्द्रीय समितिका पदाधिकारीहरु विच परिचयात्मक कार्यक्रममा सो कुरा बताउनु भएको थियो।

भर्चुअल मिटीङ्ग मार्फत गरिएको उक्त कार्यक्रम समाजका केन्द्रीय सचिव डा.गोपी चन्द्र काफ्लेको सञ्चालन गर्नु भएको थियो भने समाजको केन्द्रीय उपाध्यक्ष प्रा.डा.लिला प्रधान जोशीले धन्यवाद मन्तव्य दिनुभएको थियोे ।

साथै नवगठित सातै वटा प्रदेशका अध्यक्षले आफ्नो कार्य समितिका सदस्यहरुको परिचय गराउदै आफ्नो धारणा राख्नुभएको थियो। अध्यक्ष प्रा.डा. चापागाईंको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा समाजका सल्लाहकार समितिका सदस्यहरु प्रा.डा. लोकनाथ झा, प्रा.डा.शेखर गुरुङ, प्रा.डा.उदयराज खनाल, प्रा.डा. सिताराम बेउत र निवर्तमान अध्यक्ष प्ना.डा. प्रदिप कुमार भट्टराईले नवगठित प्रदेश समितिलाई बधाई तथा शुभकामना सहित आफ्ना महत्त्वपूर्ण भनाई राख्नुभएको थियोे ।

उहाँहरुले अहिले नेपालमा भौतिक विज्ञानको विकासको अवसर आएकोे र यस समयलाई सदुपयोग गर्दै खोज तथा अनुसन्धानमुलक एवं शैक्षिक भौतिक विज्ञान विकासलाई तिव्र रुपमा अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभएको थियो। कार्यक्रममा वुटवल वहुमुखी क्याम्पसमा भर्खर नियुक्ति हुनु भएका क्याम्पस प्रमुख प्रा.डा.खिमानन्द न्यौपानेलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।

बि.स.२०३९ मा स्थापित यो समाज जस्तै अन्य देशमा पनि भौतिक विज्ञान समाज रहेको र भौतिक विज्ञानको  विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहको पाईन्छ ।
 

अन्य समाचारहरु