अर्घाखाँचीका अर्जुन बन्जाडेले एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने

अर्घाखाँचीका अर्जुन बन्जाडेले एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने

केशब खड्का

टेक्सस (अर्घाखाँचीडट्कम) । गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती नेतृत्व पदमा बर्तमान बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेले औपचारिक उमेद्वारी घोषणा गर्ने भएका छन् । यस अघि नै अनौपचारिक उमेद्वारी सार्वजनिक भएसंगै चर्चामा रहेका डा बन्जाडेले आशन्न निर्वाचन (2021-021)का लागि एनसीसी अमेरिकाको अध्यक्ष पदमा यहि मार्च १४ का दिन औपचारिक उमेद्वारी घोषणा गर्ने भएका हुन् ।


डा. बन्जाडेको उमेद्वारी घोषणा टेक्ससको नेपाली मन्दिरबाट मार्च १४ आईतबारका दिन सेन्टरल समय अनुसार दिउँसो १ बजे हुने कार्यक्रम रहेको छ । उनको औपचारिक उमेद्वारी घोषणा फेसबुक मार्फत पनि लाईभ प्रसारण हुने छ ।

औपचारिक उमेद्वारी घोषणा कार्यक्रममा उनका चुनावी प्रतिवद्धता,अतिथी सहभागीको धारणा र जिज्ञाशामाथीको जवाफ लगायका कार्यक्रम रहने बताईएको छ ।

नेपालको अर्घखाँची जिल्लामा जन्मेका डा. अर्जुन बन्जाडे यो भन्दा अघिल्लो कार्यसमितीमा सर्वाधिक मत ल्याएर बिजयी भएका बोर्ड अफ डिरेक्टर हुन् भने वर्तमान कार्यसमितीमा अध्यक्ष पदका अन्तिम ४ प्रत्यासी मध्यका एक हुन् । पछि उनले वर्तमान अध्यक्ष सुनिल शाहलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । यसर्थ उनलाई संस्थागत र नेपाली समुदाय दुवैको समर्थन यस पटक रहने देखिन्छ ।

टेक्सस राज्यमा आफ्नो कामको बिषयमा राज्य स्तरका दुई समितीमा समेत काम गरेको अनुभव संगालेका उनि जनसंख्या बिषयमा स्नातकोत्तर गरेपछि लागि सन् १९९८ मा Ohio Universityमा डिग्री अध्ययनका लागि अमेरिका आएका हुन् ।

नेपाल रहँदा नै Johns Hopkins University संग आवद्ध रहेर काम गरेका बन्डाडे अध्यनका लागि अमेरिका आएपछि Johns Hopkins University अन्तरगत नै अमेरिकामा समेत कार्यरत थिए । डिग्री अध्ययन पुरा गरेपछि सोहि बिश्व बिद्यालयबाट आम सञ्चार बिषयमा पिएचडी गरेका उनि पिएचडीपछि डा. अर्जुन बन्जाडेका रुपमा   Tarrant County College मा Director of State Reporting को रुपमा नियुक्त भएका थिए।

अन्य समाचारहरु