महाभूकम्पले कैंयन जोडीलाई बिछोडको पीडा ! सिन्धुपाल्चोककी १९ वर्षीया अनिताको बिहे गरेको तीन दिनमै खुसी चुँडाएर लग्यो

सिन्धुपाल्चोक - बिछोडको पनि सीमा हुन्छ । शनिबार आएको महाभूकम्पले कैंयन जोडीलाई बिछोडको पीडा दियो ।

सिन्धुपाल्चोक नरसिंह डाँडाकी १९ वर्षीया अनिता परियारको बिहे गरेको तीन दिनमै खुसी चुँडाएर लग्यो । शनिबार मध्यान्ह उनी घर अगाडिको आँगनमा कपाडा धुँदै थिइन् । दुरान फर्काउने तयारीको लागि सेल र कुराउनीको तयारी थियो । अब त्यो अधुरै भएको छ । जीवनभर रातो सिउँदो सजाउने उनको सपना महाभूकम्पसँगै चीर निद्रामा पुगेको छ । तीन दिनअघि मात्र अनिता माइतिघर काभ्रेबाट बेहुली बनेर सिन्धुपाल्चोक पुगेकी थिइन् । सुहाग नसकिँदै पतिको कोरामा पुगेकी छन् । भूकम्पसँगै उनको नयाँ जीवनको सुरुवाति जग नै भत्किएको छ ।

तीन दिनमै पुछियो अनिताको सिन्दुर !

सायद यतिबेला उनीहरु हनिमुनको लागि पोखरा हुन्थे होला । दुरानपछि कतै घुम्न जाने उनीहरुको योजना थियो होला । तर ती सब कल्पनामा मात्र सिमित भएको छ । प्रेम पश्चात् सुनिल परियारसँग अनीताले लगनगाँठो कसेकी थिइन् । सुनिलसँग बिताएका पलहरु अब उनको सम्झना मात्र बाँकी छन् । फोटो एल्बम पनि घरसँगै पुरिएको छ । बाँकी छन् त केवल स्मृतिका तस्बिरहरु ।

महाभूकम्पमा परी उनको पतिसँगै अन्य ४ जनाले ज्यान गुमाए । पतिको मात्र होइन, परिवारकै पीडाले उनलाई थिचिरहेको छ । माइतिको खबरबारे त उनी अझै अनभिज्ञ छिन् । उनी यतिबेला माइतीको भन्दा सँगै जीउने कसम खाएका पतिको वियोगमा डुबेकी छन् । विहापछि माइतीभन्दा पहिलो प्राथमिकता ससुराली हुनेगरेका पनि माइतको यादलाई छाँया पारेका हुनसक्छ ।

जीवन जिउन नपाउँदै अनिताको खुसी उनीबाट चुँडिएको छ । सुहागको सिउँदो नफेर्दै पुछिदिएको छ । कति खुसीसाथ घर भित्र्याएका थियौं, अनिताकी हजुरआमाले भनिन्, 'दैव पनि कस्तो निर्दयी । कोराको नजिकै उनकी हजुरआमासँग कुरा गरिरहँदा अनिताका आँसु थामिएका थिएनन् पतिको शोकमा । नागरिकदैनिकले समाचार प्रकासित गरेको छ । 

अन्य समाचारहरु