यात्रुहरुलाई मास्क बाँढ्दै अर्घाखाँची ट्राफिक प्रहरी (फोटो सहित)

यात्रुहरुलाई मास्क बाँढ्दै अर्घाखाँची ट्राफिक प्रहरी (फोटो सहित)


नवीन रसाइली 

सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतना जगाउने उदेश्यका साथ आज बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची तथा मातहत पोष्टहरुबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सचेतनामुलक कार्यक्रम अन्तर्गत माक्स वितरण तथा माइकिङ कार्यक्रम सम्पन्न गरेको छ ।


जिल्लाका विभिन्न ठाउँमा गरिएको सवारी साधन चेकजाँचको क्रममा सार्बजनिक सवारी साधनले कोभिड १९ बाट बच्नको लागी सुरक्षा मापदण्ड पालना गरे/नगरेको, सवारी साधनमा मास्क र सेनिटाईजर भए नभएको, सवारी चालक, सह- चालक तथा यात्रुहरुले मास्क प्रयोग गरे नगरेको सम्बन्धि जानकारी लिइएको थियो ।


विभिन्न ठाउँमा गरिएको चेकजाँचमा ३ पटकमा करिब २०० पिस मास्क बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै सचेततामुलक कार्यक्रममा कोभिड १९ बाट कसरी सुरक्षित हुने सम्बन्धि माईकिङ समेत गरीएको थियो ।

अन्य समाचारहरु