धेरै स्थानमा भारी वर्षा, सर्तक रहन आग्रह - मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा

धेरै स्थानमा भारी वर्षा, सर्तक रहन आग्रह - मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा
नेपालको  पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ। हाल प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा  वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने, सडक तथा हवाई यातायात  समेत  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको   सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   सम्भावना रहेको छ। प्रदेश १, र बाग्मती प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

अन्य समाचारहरु