अर्घातोषमा मदिराको नशामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरे

अर्घातोषमा मदिराको नशामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरे


अर्घाखाँचीडट्कम संवाददाता 

 अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।


गुल्मी जिल्ला ईस्मा गाउँपालिका वार्ड नम्बर २ हल्दीटारा घर भई हाल अर्घातोषमा घर भाडा गरी बस्ने ४३ वर्षिय लाल बहादुर कुमालले आफ्नो ३० वर्षिय श्रीमती सिता कुमाललाई कुटपिट गरि हत्या गरेका हुन् । 

प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार हिजो बुधवार दिउसो १ बजे मदिराको नशामा रहेका श्रीमान र श्रीमती बिच घरासी विवाद हुँदा आफ्नै श्रीमानले कुटपिट गरि हत्या गरेका थिए । 

श्रीमान कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइएको छ । 

अन्य समाचारहरु