चितवनमा विप्लव नेतृत्वको युवा संगठन नेपालद्धारा रक्तदान कार्यक्रम आयोजना

चितवनमा विप्लव नेतृत्वको  युवा संगठन नेपालद्धारा रक्तदान  कार्यक्रम आयोजना


अनिल नेपाली 

चितवन । विप्लव नेतृत्वको  नेकपा निकट युवा संगठन नेपाल चितवन जिल्ला समितिले कोरोना भाइरसले गर्दा लकडाउन भएको बेला भएको रगत अभाव लाई मध्यनजर गर्दै आज रक्तदान  कार्यक्रम आयोजना गरेको छ।

उक्त रगतदानमा ५० जना युवाहरुले रगत दिएको र कार्यक्रम भण्डारा माबी भएको युवा संगठन नेपाल का केन्द्रिय सदस्य  राम सेढाई ले बताउनु भएको छ।उक्त कार्यक्रम को अध्यक्षता संगठनका जिल्ला संयोजक राजु श्रेष्ठ ले गर्नु भएको थियो।कार्यक्रम प्रमुख अथितिमा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज  सन्देश पौडेल , केन्द्रिय सदस्य तथा काब्रे जिल्ला इन्चार्ज  आधार,युवा संगठनका केन्द्रिय सदस्य  राम सेढाई ,अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई , नेकपाका रसुवा सेक्रेटरी  धुर्ब, पुर्ब ब्यूरो सदस्यहरु  उत्सव,हुकुम ,चितवन  जिल्ला सेक्रेटरी  मिनप्रशाद लगाइत नेता कार्यकर्ता को उल्लेखनीय सहभागी भएको थियो।तेस्तै माधब नेपाल निकट युवा संघ नेपाल का स्थाइ कमिटी सदस्य  तथा राप्ती नगरपालिका वडा न.४ का वडा अध्यक्ष समसेर लामा ,रेडक्रस का जिल्ला सदस्य महेश्वर थपलिया र नेकपा माओवादी केन्द्र का नगर सचीव को सहभागी भएको थियो।

कार्यक्रम मा आफ्नो भनाइ राख्दै प्रमुख अथिती सन्देश ले संसदिय पार्टीहरु कुर्सी को लागि लुछाचुरी गरेको बेला आफ्नो पार्टी र जबस मोर्चा जनताको सेवा मा लागेको र रगत अभाव को बेला युवा संगठन ले गरेको यो कार्यक्रम ले धेरै जनताले लाभ लिने बताउनु भएको छ। 

तय्स्तै केन्द्रिय सदस्य आधार ले पार्टी अहिले देशभरी जनसेवा मा लागेको र सम्पुर्ण सचेत युवा  जनप्रिय पार्टी मा आबद्ध भएर जनसेवा मा लाग्न अपिल गर्नु भएको थियो।

युवा संगठनका केन्द्रिय सदस्य राम सेढाई ले अब देश निर्माण गर्न को लागि सम्पुर्ण युवाहरु एक जुट हुनु पर्ने बेला आएको बताएका थिए। अधिकास उपस्तिथि नेताहरुले दलाल संसदिय व्यवस्था असफल भएको र बैज्ञानिक समाजबाद ल्यानको लागि सचेत क्रान्तिकारी युवाहरु एक भएर एकीकृत जनक्रान्तिको बाटो हुँदै बैज्ञानिक समाजबाद को बाटो मा अधि बढ्न अपिल गर्नु भएको थियो।

अन्य समाचारहरु