प्युठानको मल्लरानीमा मसाल निकट शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

प्युठानको मल्लरानीमा मसाल निकट शिक्षक संघको दोस्रो अधिवेशन सम्पन्न

माधव खनाल

प्युठान २१ चैत । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिका प्युठानको दोस्रो अधिवेशन शनिबार भानुभक्त माध्यमिक विधालय धरम्पानी वर्वोटमा सम्पन्न भएको छ ।

अधिवेशनले कुलराज पौडेल अध्यक्ष रहेको २५ सदस्यीय अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिका स्तरीय समिती गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष मनप्रसाद श्रेष्ठ ,महिला उपाध्यक्ष मोति पौडेल ,सचीव कृष्ण बहादुर केसि ,सहसचिव छमा श्रेष्ठ ,कोषाध्यक्ष विष्णुप्रसाद पौडेल ,सह -कोषाध्यक्ष अस्मिता बिसि रहनुभएको छ भने सदस्यहरुमा क्रमशः इश्वरी राहुमगर,देवबहादुर केसि,ज्ञान बहादुर रिजाल ,सन्दिप पौडेल ,कमला कार्की, मन्त्री प्रसाद श्रेष्ठ ,एमबहादुर सेन,मेघराज पौडेल ,बलबहादुर नेपाली ,दिपक आचार्य ,गोमा थापा ,रामचन्द्र खत्री ,बासुदेव शर्मा ,,ओमबहादुर पुन ,कमल जिसि , मित्रमणी पौडेल ,गिता बिक र मिरा श्रेष्ठ रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले शिक्षामा आमूल परिवर्तन र गुणस्तरीय शिक्षा प्रदान गराउनुनै शिक्षकको मुख्य भुमिका रहने बताउनुभयो ।

अधिवेशन लाई अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कृष्ण खड्का मल्लरानी गाउँपालिका प्रमुख अम्मरध्वज राना  मल्लरानी गाउँपालिका  शिक्षा तथा खेलकुद साखा प्रमुख वासुदेव पण्डित वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेल अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेल अखिल नेपाल शिक्षक संघ प्युठानका उपाध्यक्ष कल्याण खड्का नेपाल शिक्षक संघका ध्रुव गिरि लगायतले मन्तव्य दिनुभएको थियो ।

कार्यक्रम कुलराज पौडेलको अध्यक्षता मोति पौडेलको स्वागत र कृष्ण केसिको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु