तनहुँको मालेबगरमा ह्याम्मरले हानेर श्रीमतीको हत्या

तनहुँको शुक्लागन्डकी नगरपालिका-७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।


२९ वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।

मोरङ, मधुमल्ला गाउँपालिका-३ घर भइ हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतीलाई ह्याम्मरले हानेर हत्या गरेको जानकारी उनले दिए ।

आवेशमा आएर उनले ह्याम्मरले हान्दा बुद्धिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गर्ने कुमारलाई इलाका प्रहरी कार्यालय, बेलचौताराले तत्कालै नियन्त्रण लिएको छ ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालतर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

अन्य समाचारहरु