सिआईजी अर्घाखाँचीको अपिल


अत्यन्तै महत्वपूर्ण सूचना सहित भ्रममा नपर्नु हुन सिआईजी अर्घाखाँचीको हार्दिक अपिल ।।।
यो संस्था सूचनाको हकलाई कार्यान्वयन, प्रयोग तथा जनचेतना फैलाउने उद्धेश्यवाट २०७२ साउन १० गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दर्ता भई स्वही बर्षको असोज ८ गते प्रमुख सूचना आयुक्तज्यूको प्रमुख आथित्यतामा प्रथम साधारण सभा तथा अधिवेशन समपन्न गरि १५ जनाको कार्यसमिति बनेको थियो । आफनै रप्तारमा अगाडी बढदै गर्दा यस संस्थाका बहुमत साधारण सदस्यहरुले कार्यसमिति फेरवदल सहितको माग राखि बिशेष साधारण सभा तथा अधिवेशनका लागि लिखित निवेदनहरु संस्थामा दर्ता भएका थिए ।

 जसअनुसार गत असोज १५ गते बसेको कार्यसमिति बैठकले कार्तिक ६ गते बिशेष साधारण सभा तथा अधिवेशनमा जाने निर्णयको माईन्युटमा तत्कालिन सचिव बसन्त श्रेष्ठले ७४ प्रतिशत बहुमत कार्यसमिति सदस्यहरुलाई हस्ताक्षर गराएका थिए ।

संस्थाको बिधानअनुसार २५ जना साधारण सदस्य र कार्यसमितिका लागि १८ जना योग्य रहेको बिशेष साधारण सभामा निर्वाचन मन्डलले सार्वजनिक गरेको थियो । । जम्मा ९ जनाको कार्यसमिति बनाउने सभाका सदस्यहरुको निर्णयनुसार सचिव बाहेकका पदमा आपसी समझदारी भएपनि सचिव पदका लागि चुनाव भएको थियो । कानुनी अधिबक्ता जगन्नाथ भुसाल, समाजसेवी कृष्ण प्रसाद भुसाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा प्रेश चौतारीका अध्यक्ष हिमवहादुर जिसि लेकाली, प्रेश युनियनका अध्यक्ष सूर्य भुसाल र नेपाल पत्रकार महासंघका कोषाध्यक्ष तथा प्रेश सेन्टरका अध्यक्ष गणेश खनाल सहितको निर्वाचन मन्डलमा निर्वाचन समपन्न भएको थियो । यसैअनुरुप सचिवका लागि जम्मा बिस जना सदस्यहरुले मतदान गर्दा सचिवका उम्मेदवार बसन्त श्रेष्ठले ६ मत र उनको प्रतिस्प्रर्धी राधा नेपालीले १४ मत प्राप्त गरि यस संस्थाको सचिव पदमा राधा नेपाली निर्वाचित भएको घोष्णा सहितको महत्वपूर्ण सभाको माईन्युट सहभागी सदस्यहरुको तर्फवाट बसन्त श्रेष्ठ र सम्झना ज्ञवालीले प्रमाणित गरेका थिए ।  

संस्थाका सदस्यहरुनैई स्वयं संलग्न भई गरेको कार्य तथा परिणामलाई स्वीकार गरि सहयोग पुरयाउनुको अलवा जथाभावी बोल्दै हिडने, आफु निकट मिडियामा गलत समचार प्रकाशन एवं प्रशारण गरि आफुलाई दम्भपूर्ण शैलीमा महान बनाउने कार्यका समचार तथा प्रमाण यस संस्थाका सदस्यहरुवाट भएको पाईएमा त्यस्ता ब्यक्तिहरुको साधारण सदस्य खारेजीका लागि कत्ति पनि कन्जुस्याई नगरि प्रक्रिया अगाडी बढाईने जानकारी सहित यदि कहि कसैले अनावस्यक भ्रम फैलाएको भए हामिलाई जानकारी गराउनु हुन र स्वयं भ्रममा नर्पन सम्पूर्ण सिआईजी शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दछौ । धन्यवाद

अन्य समाचारहरु