नेपाल धितोपत्र बोर्डको काम कर्तव्य र चुनौती

नेपाल धितोपत्र बोर्डको काम कर्तव्य र चुनौती

काशीराम  घिमिरे 
अर्घाखाँची

देशमा  सेयर बजारमा हुने सेयर सम्बन्धी कारोबारलाई व्यवस्थित तहबाट नियमन गरि आफ्नाकार्यहरु संचालन गर्ने उदेश्यमा संचालित सस्था धितोपत्र बोर्ड हो । यसको स्थापना नेपाल बैक र बिराटनगर जुट्मिलले प्रथम पटक सेयर जारीगरेपछी बि स१९९४मा अनौपचारिक रुपमा धितोपत्रको स्थापना भएको हो ।२०३३सालमा सेक्युरिटी खरिद बिक्रि केन्द्रको स्थापना भएपछि उक्त सरकारी ऋणपत्रलाई नियमित रूपमा खरिद बिक्री गर्नेकार्य लाई ब्यबस्थित गर्न यसको बिकास भएको हो।

यसलाई थप ब्यबस्थित रुपमा संचालन गर्न र सरकारले जारी गरेका ऋणपत्रलाइ थप ब्यबस्थित गर्न २०४०मा यसको ऐन जारी गरिएको हो।नेपालमा पुँजीबजारमा निजि क्षेत्रको प्रवेश भए लगत्तै यसलाई थप ब्यबस्थित तहबाट संचालन गर्न भनी २०४९मा धितोपत्र कारोबार ऐन २०४०लाई संसोधन गरि यसलाई सरकारी स्वायत्त नियमन गर्ने उदेश्यले स्थापन गरिएको हो।लगानीकर्ताको हित अनुसार काम गर्ने हक हित संरक्षणसाथै आर्थिक बिकास र जतिपनी सेयर हरु निस्कासन गरिन्छ ती सेयर हरुलाई  ब्यबस्थित गर्ने उदेश्य सहित २०५०साल जेष्ठ २५मा धितोपत्र बोर्डको स्थापना भएको हो ।

अझैब्यबस्थित गर्ने उदेश्यका साथ धितोपत्र ऐन २०४०लाई खारेज गरि धितिपत्र ऐन २०६३जारी गरिएअको छ।

बर्तमान अवस्था सम्म आइपुग्दा सेयर बजार ब्यबस्थित भएको पाइन्छ पहिले सेयर जारी गरेका प्रमाण पत्र हुने हुँदा बढी झन्झटिलो हुने गर्दथ्यो तर यो समयमाआउँदा त्यो झन्झट हटिडिम्याट सिस्टम बाट सेयर सिधै खातामा आउँछ ।त्यो सजिलो पनि भएको छ।सेयर जारी गरेको छोटो समयमा सेयर सम्बन्धि किनबेच कारोबार हरु तत्काल गर्न सकिन्छ ।सेयर भर्दा पनि विभिन्न बैंकको आप्सा प्रणाली बाट भर्न सकिन्छ।अहिलेको अबस्थामा देशका ७७जिल्ला वटै बैकका ती आप्सा प्रणाली बाट सेयर भर्ने गर्दा थप सजिलो र धेरै ब्याक्ती पनि सङ्लग्न भएका छ्न ।यसमा अहिले टिएमयस प्रणाली लागू भएको छ र वनलाइन बाट सेयर हरु किनबेच हुँदा झन सजिलो र धेरैले आफ्नो स्थान बाट सेयर खरिद बिक्री गर्न सकिन्छ।र सेयर बजार काठमाडौमा मात्र सिमित नभई बाहिर पनि आफ्नो कारोबार हरु धितोपत्र दलाल हरुले संचालन गरेको हुँदा थप ब्यक्ती यसमा सङ्लग्न हुने स्थिति छ।सेवाबिस्थार भएको छ। दैनिकी कारोबार पनि बढिरहेको हुँदा सरकार लाई राजस्वको श्रोतपनि बढेको छ।

धितोपत्र बोर्डले सेयर कारोबार हरुलाइ थप ब्यबस्थीत तह बाट स्टक एक्सेन्ज सँग सम्पर्कमा रहि बिधुतिय माध्याम बाट प्रभबकारी तह बाट कारोबार हरु संचालन गर्छ ।दैनिकी हुने विभिन्न कारोबारलाई ब्यबस्थित गर्ने र संकास्पद कारोबार लाई नियाल्ने ती कारोबार हरु धितोपत्र दलाल मार्फत डकुमेन्ट मगाइ छानवीन गर्ने गर्दछ।र विभिन्न सेयर जारी गर्ने सस्थाहरुलाइ सेयर कारोबारमा संकादेखिएमा यसले बेलाबेलामा छानबिन गर्ने र केहिनराम्रो देखिए धितोपत्र ऐन अनुसार कारबाही गर्ने पनि गरेको देखिन्छ।यो उसको कर्तव्य नै हो ।नियमित रुपमा यस्ताकारोवार हरु गर्नुपर्छ तर केही हप्ता अगाडी जुन ५१वटा कम्पनिको नाम एकैपटक शीर्षक राखी मिडियामा आउने गरि आउनु त्यति राम्रो देखिएन त्यो भित्रभित्रै पनि गर्न सकिन्थ्यो ।तर संकास्पद कारोबार हरुलाइ अनुगमन गर्नुपर्छ ।

गतसालकोएघार , बार सयको सेयर नेप्से अहिले ३०००प्लस भइ केही तल झरेको छ ।अहिलेको अबस्थामा माइक्रो फाइनान्स र हाइड्रो ,इन्स्योरेन्स ,हरु बढेको कारणले उक्त सेयर बढेको हो तर बैक भने तुलनात्मक रुपमा बढ्न सकेको छैन।गतसालको कोरोना महामारीमा यो केहिदिन बन्दभएतापनी यो सालभने नियमीत रुपमा संचालन भएको छ।त्यसैले आगमी दिनमा सेयर बजार सम्बन्धि कारोबार समय सापेक्ष र थप ब्यबस्थी हुन जरुरी छ गुनासो रहित हुन जरुरि छ।धितोपत्र सम्बन्धि कानुन तह बाट आफ्ना कार्यहरु थप ब्यबस्थित संचालन गर्नुपर्छ।कारोबार पारदर्शी हुनुपर्छ नराम्रो काम गर्ने जो सुकैलाइपनि कानुनी कार्बाहीमा ल्याउनु पर्छ।जसले गर्दा लगानी कर्ताको लगानीपनि सुरक्षीत हुने र सेयर कारो बार बढ्ने गुनासो कम हुने सेवाबिस्तार हुनेगर्छ।त्यसैले आगामी दिनमा यो ब्यबस्थित हुनुजरुरी छ।

अन्य समाचारहरु