अर्घाखाँचीमा कांग्रेस सभापति मुस्कानद्धारा १४ औ अधिवेशनलाई सफल पार्न कार्यकर्तालाई निर्देशन

अर्घाखाँचीमा कांग्रेस सभापति  मुस्कानद्धारा १४ औ अधिवेशनलाई सफल पार्न कार्यकर्तालाई निर्देशन


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।  


नेपाली कांग्रेसका सभापति विष्णु मुस्कानले आउँदाे १४ औ महाधिवेशन भव्य, सभ्य र सफल रूपमा सम्पन्न गर्ने काममा नेता तथा कार्यकर्तालाई रचनात्मक भुमिका खेल्न निर्देशन दिएका छन् । 


अधिवेशनलाई सफल पार्न सक्रिय हुन सबैलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस अर्घाखाँचीकाे बैठकलाई सम्बाेधन गर्दै सभापति मुस्कानले पाटी केन्द्रले निर्देश गरे बमोजिम जिल्ला, क्षेत्र, पालिका र वडाकाे अधिवेशन सम्पन गर्न सबै सक्रियतापुर्बक लाग्न कार्यकर्ता अनुराेध गरेका छन् ।  

बैठकमा पुर्बसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले अधिवेशनलाई ऐतिहासिक रूपमा सफल पर्न सबै पाटीपंत्ती लाग्नुपर्ने बताए । उपसभापति शान्ता भण्डारीले पाटीकाे हरेक नेतृत्वकाे लागि महिला  अझ सक्रिय हुनुपर्ने बताइन् । 


बैठकमा जिल्ला सचिवद्वय छविलाल पाैडेल, विष्णुप्रसाद भुसाल,जिल्ला सदस्यहरू, क्षेत्रिय सभापति, महासमिति सदस्य सुर्यप्रसाद अधिकारी  केशव श्रेष्ठ, यादवप्रसाद घिमिरे, लेखनाथ पाेखरेल लगायत महाधिवेशन प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अधिवेशनलाई सफल पार्न लाग्नुपर्ने बताएका छन् ।

अन्य समाचारहरु