अर्घाखाँचीमा पत्रकार महासंघको निर्वाचनमा अशोक खनालले नेतृत्व गरेको गठबन्धन विजयी (मतपरिणाम सहित)

अर्घाखाँचीमा पत्रकार महासंघको निर्वाचनमा अशोक खनालले नेतृत्व गरेको गठबन्धन विजयी  (मतपरिणाम सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनबाट लोकतान्त्रिक गठबन्धनका अशोक खनाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । 

लोकतान्त्रिक गठबन्धनका अशोक खनाल ७२ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । फोटो: फेसबूकबाट

मतगणनाको परिणाम अनुसार प्रेस संगठन नेपाल माओवादी निकटका अशोक खनालले ७२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका  गणेश खनालले  ४३ मत प्राप्त गरेका छन्। एक मत बदर  भएको छ। 
 

यस्तै अर्घाखाँचीडट्कमलाई प्राप्त विवरण अनुसार उपाध्यक्षमा कांग्रेस निकट प्रेस युनियनका वीरेन्द्र केसीले ८१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेश चौतारी ओली निकटका  वसन्त कुमार श्रेष्ठले  ३३ मत प्राप्त गरेका छन्।  केसीले उत्कृष्ट ८१ मत ल्याएका हुन् । 

उपाध्यक्ष महिलामा राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकारबाट भगवता पाण्डेले ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली निकटकी सबिता आचार्यले  ४२ मत प्राप्त गरेका छन्।  

यस्तै सचीवमा राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकारबाट विनोद गैरेले ८५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली निकटका बिष्णु कुमार आलेले  ३१ मत प्राप्त गरेका छन्। सम्पन्न निर्वाचनमा सचीव पदमा गैरेले सबैभन्दा बढी ८५ मत ल्याएका छन् । 

साथै सहसचिवमा प्रेस  चौतारी ( माधब समुह)  हृदय भुसालले ८४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली निकटका हम बहादुर वि.कले  ३२ मत प्राप्त गरेका छन्।   

कोषाध्यक्षमा कांग्रेस निटक प्रेस युनियनका रुद्र मणी भुसालले ७७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारी ओली निकटका नविन केसीले  ३७ मत प्राप्त गरेका छन्।  

त्यस्तै समाबेशी सहसचिव रमेश बि.क, अनिल नेपाली, सदस्य जनजाति अम्बिका श्रेष्ठ, सदस्य महिला सरिता भुसाल, सदस्य खुल्ला लक्ष्मण घिमिरे, घनश्याम पौडेल, बिष्णु खनाल, जितेन्द्र खत्री, गोपाल भट्टराई, अशोक चौहान, वसन्त बि. क, दलित सदस्य सागर परियार, समाबेशी बाबुराम रसाइली, केन्द्रिय परिषद सदस्य बिष्णु प्रसाद भुसाल, सहयोगी बि. सी, सुर्य प्रसाद भुसाल, प्रदेश परिषद सदस्य मेहर सिंह के.सी, बिजय के.सी, देबेन्द्र कुँवर, अशोक पौडेल, सागर महत, गोमा भुसाल बिजयी भएका छन्। 

अर्घाखाँचीमा १ सय २६ जना मतदाता रहे पनि एक सय १६ मात्र मत खसेको थियो। निर्वाचनमा बुधवार विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको थियो । मत गणना बुधबार साँझ ७:३० बाट शुरु भई आज  बिहीवार बिहान ३:०५ मा सकिएको थियो । 

महासंघको चुनावका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेश चौतारी, ( माधब समुह) जन पत्रकार संघ, प्रेश मंच नेपाल लगायतको लोकतान्त्रिक गठबन्धनबाट २९ जनाको दरखास्त परेको थियो । यस्तै एक्लै भिडेको प्रेस चौतारी नेपालबाट २१ जनाको दरखास्त परेको थियो ।



यस्तो छ नामावली: 


This breaking news story is being updated and more details will be published shortly. 

 

अर्घाखाँचीमा पत्रकार महासंघको मतदान सम्पन्न | Democratic Alliance - Ashok Khanal on course to win election

अर्घाखाँचीमा पत्रकार महासंघको भोली हुने चुनावको तयारी पुरा, लोकतान्त्रिक गठबन्धनले जित्ने अनुमान

अर्घाखाँचीमा कांग्रेस सभापति बिष्णु मुस्कान पनि पत्रकार महासंघको सदस्य, चुनावमा भोट हाल्न पाउने

अर्घाखाँचीका पत्रकार चुनावमा होमिए, उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त

अन्य समाचारहरु