मालारानी गाउँपालिका कोरोना मुक्त नजिक

मालारानी गाउँपालिका कोरोना मुक्त नजिक


अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या ५ जना रहेको छ । 

साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि मालारानी गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४० जना रहेको छ । 

यस्तै गएको २४ घण्टामा १३ जनाले कोरोना जितेका छन् । जस अनुसार यस पालिकामा गत वर्षदेखि आजसम्म  २२४   जनाले कोरोना जितेका छन् । भने ११ जनाको निधन भएको छ । 

मालारानी गाउँपालिकाको कोरोना अस्पताल

आईतबार जिल्लाको कोरोना विवरण: 

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १७७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६७ जना, भूमिकास्थान नगरपालिकामा ३६,              शितगंगा नगरपालिकामा १५,             मालारानी गाउँपालिकामा ५,               पाणिनी गाउँपालिकामा २५            र छत्रदेव गाउँपालिकामा २९  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २६१८  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११०९  जना, भूमिकास्थान नगरपालिकामा ४८७ जना,     शितगंगा नगरपालिकामा ३२७ जना,       मालारानी गाउँपालिकामा २४० जना,  पाणिनी गाउँपालिकामा २१० जना  र छत्रदेव गाउँपालिकामा २४५  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा ४० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २३७३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १०२२ जना, भूमिकास्थान नगरपालिकामा ४३६ जना,  शितगंगा नगरपालिकामा ३०१ जना,   मालारानी गाउँपालिकामा २२४ जना,    पाणिनी गाउँपालिकामा १७७ जना   र छत्रदेव गाउँपालिकामा २१३ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 

अन्य समाचारहरु