एमाले खनाल- नेपाल पक्षद्धारा अध्यक्ष ओलीको एकता प्रस्ताव अस्वीकार, झालझेलमा नपर्ने निष्कर्ष

एमाले खनाल- नेपाल पक्षद्धारा अध्यक्ष ओलीको एकता प्रस्ताव अस्वीकार, झालझेलमा नपर्ने निष्कर्ष


नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ। ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय यो पक्षको सोमबारको स्थायी कमिटी बैठकले गरेको हो। 

एकता जोगाउन भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जेठ ३ अगाडि फर्काउन राखेको ६ बुँदे प्रस्तावका सम्बन्धमा खनाल- नेपाल समूहले लिखित धारणा सार्वजनिक गर्ने भएको छ।

ओलीले आइतबार राति गरेको प्रस्तावका सम्बन्धमा छलफल गर्न सोमबार बसेको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावमा लिखित जवाफ दिने निष्कर्ष निकालेको हो।

ओलीको आव्हानलाई षडयन्त्रका रुपमासमेत चित्रण गर्दै बैठकले पार्टी २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउनु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिनू नै विरोधाभासपूर्ण रहेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।

‘ओलीले पार्टी एकताभन्दा पनि विभाजन गर्ने मनसायले हिजोको प्रस्ताव ल्याएको देखिन्छ, कुनै हालतमा सर्वोच्चमा गएको हस्ताक्षर फिर्ता हुन्न,’ ज्ञवालीले सेतोपाटीसँग भने, ‘प्रतिनिधि सभा विघटन गर्नु सही थियो भन्न सकिन्न, त्यो गलतै हो। उहाँले यसलाई गलतनै भन्नुपर्छ। आफूहरूले राखेको ६ बुँदे प्रस्ताव हाम्रो अडान हो। हामी फेरि त्यो कुरा लिखित रूपमा विज्ञप्तिमा निकाल्दैछौं।’

ओलीलाई आफूहरूलाई अलमल्याउन खोजेको भन्दै  अगाडि भने, ‘वार्ता गर्ने भन्ने अनि नेतामाथिको कारबाही फिर्ता नलिने यस्तो पनि हुन्छ? समग्रमा ओलीको चालबाजी हो। मनसाय त्यस्तै देखिन्छ।’

ओलीले प्रतिनिधिसभा मास्नै खोजेको भन्दै खनाल-नेपाल समूहले कोभिडको बेलामा चुनाव हुन असम्भव भएको ठहर गर्दै यसमा आफ्नो अडान कायमै रहेको बताए।

ओलीका प्रस्तावमा बुँदागत रुपमै जवाफ दिने गरी खाका तयार भइरहेको बताए। उनले भने यो प्रस्ताव एकता बचाउने इमानदार मनसायबाट आएको नदेखिएको भन्दै आफूहरूले यसको जवाफ बुँदागत रुपमा लिखित नै दिने बताए। सेतोपाटीमा समाचार छ ।- 

अन्य समाचारहरु