हंसपुरको मेहलपानी तिलचनेमा अविरल वर्षाको कारण घर गोठ भत्किँदा ठुलो क्षति

हंसपुरको मेहलपानी तिलचनेमा अविरल वर्षाको कारण घर गोठ भत्किँदा ठुलो क्षति


कृष्ण थापा | अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ६  हंसपुर रतानमारेको मेहलपानी तिलचनेमा अविरल वर्षाको कारण घर गोठ भत्किँदा ठुलो क्षति भएको छ ।   


अविरल वर्षाको कारण हंसपुर रतानमारेको मेहलपानी तिलचनेका लंका बहादुर थापाको  घर गोठ भत्किँदा ठुलो क्षति भएको हो ।


गत भाद्र १२ गते घर गोठ भत्किँदा थापाको परिवार विस्थापित भएका छन् । आर्थिक स्थिती कमजोर भएका थापाको बस्ने घर गोठ भत्किँदा लगभग ८ लाख बराबरको नोक्सान भएको अनुमान गरिएको छ । 


घर गोठ भत्किँदा पशुपक्षीमा कुनै क्षती नभएको बताइएको छ । 

अन्य समाचारहरु