चिदिका र केरुङ्गामा कांग्रेसको भेटघाट कार्यक्रम | क्षेत्रीद्धारा महाधिवेशनबाट सक्षम नेतृत्व आउने विश्वास व्यक्त

चिदिका र  केरुङ्गामा कांग्रेसको भेटघाट कार्यक्रम | क्षेत्रीद्धारा महाधिवेशनबाट सक्षम नेतृत्व आउने विश्वास व्यक्त


अर्घाखाँचीडट्कम संवाददाता 

केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएकी छन् । 


कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा नेपाली कांग्रेस छत्रदेव गाउँपालिका वार्ड १ चिदिका र ४ केरुङ्गामा आज आयोजित भेटघाट कार्यक्रममा क्षेत्रीले नेपाली जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको अहम् भुमीका बताउँदै सबै जिम्मेवार भएर अगाडि बढनुपर्ने आवश्यकता रहेको बताईन् ।

महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीले महाधिवेशनबाट चुनिएको नेतृत्वले आगामी निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने ठोकुवा गरिन् । 

चुनावी अभियानको क्रममा सचेतक क्षेत्रीले अर्घाखाँची जिल्लाका सबै तहहरुमा सर्बसहमति बनायर देशकै नमुना जिल्लाको रुपमा चिनाउन सबै नेता र कार्यकर्ताको पहल आबस्यक रहेको बताइन् । यसै क्रममा क्षेत्रीले आफु पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला महिला तर्फ रहेको बताइन् ।

अन्य समाचारहरु