शितगंगाको जुकेनाका ५६ र जलुकेका ५६ घरधुरीलाई जस्तापाता बितरण

शितगंगाको  जुकेनाका ५६ र जलुकेका ५६ घरधुरीलाई जस्तापाता बितरण

अर्घाखाँचीडट्कम संवाददाता 

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर ६ जुकेना र ७ जलुकेमा खरको छानो भएकाहरुलाई जस्ता पाता बितरण गरीएको छ ।

जुकेनाका ५६ घरधुरीलाई र जलुकेका ५६ घरधुरीलाई जस्तापाता बितरण गरीएको हो । 

पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाइ नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फीटे २५ वटा पाता उपलब्ध गराएको छ । 

अब शितगंगा नगरपालिकाको वार्ड नम्बर ६ मा लगभग ३०० घरधुरीलाई बितरण गर्न बाँकी रहेको वडाअध्यक्ष रिषी रेस्मीले जानकारी दिनुभयो । 

यस्तै वार्ड नम्बर  ७ मा अझै १८४ घरधुरीलाई बितरण गर्न बाँकी रहेकोमा अर्को चरणमा बितरण गर्ने वार्ड न ७ का वडाअध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । 

नगरपालिकाले यो बर्ष प्रत्येक वडामा खरको छानो भएका घरधुरीका लागि ९ फीटे २५ वटा जस्तापाता बितरण गर्नलागेको छ भने वार्ड नम्बर २,३ र ४ खरको छानो मुत्त गर्दैछ ।

अन्य समाचारहरु