अर्घामा युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

 अर्घामा युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग


हरि कुँवर  

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला स्थित सन्धिखर्कको अर्घामा कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका खाद्यान्नको अभावले चुलो निभेका अति विपन्न गरिब घरपरिवारलाई शुक्रबार युवाहरूले खाद्यान्न वितरण गरेका छन् ।


विपिन फार्मेसीका संचालक तथा समाज सेवी सुर्य थापा, यूवराज थापा, विजय सुनार, सागर मरासिनी, मनोज पराजुलीको संयुक्त पहलमा पहिलो चरणमा अर्घामा १६ जना विपन्न गरिब घरपरिवारलाई तीस-तीस किलोको चामल , दुई लिटर तेल , एक किलो नुन  वितरण गरिएको थियो ।

 युवाहरूले अर्घामा  झन्डै पचास हजार बराबरको खाद्यान्न वितरण गरेका हुन । जिल्लामा सामाजिक कार्य गर्दै आइरहेका छ्न । 

 अर्घामा युवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयोग

अन्य समाचारहरु